शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एप्पल स्टोरबाट ३०० वटा आइफोन किने, निस्किए लगत्तै लुटिए

मङ्गलबार, २० मङ्सिर २०७९, १४ : १६
मङ्गलबार, २० मङ्सिर २०७९

न्युयोर्कका एकजना व्यक्तिले फिफ्त्थ एभेन्यूमा रहेको एप्पल फ्ल्यागशिप स्टोरबाट ३०० वटा आइफोन किने, तर स्टोरबाट निस्किएको केही बेरमा नै उनी लुटिएको बताइएको छ ।

कुनै पनि कुरा अनलाइनमार्फत् अर्डर गरेर घरसम्मै मगाउने मिल्ने यो समयमा पनि यी व्यक्ति म्यानहटनको एप्पल स्टोरमा गएर एप्पलको ब्रान्डको केही झोला बोकेर निस्किए । तर निस्केर आफ्नो कारतिर जाँदै गर्दा उनी लुटिए । लुटेराले उनको १२५ वटा स्मार्टफोन लुटे जसको मूल्य करिब ९५,००० अमेरिकी डलर अर्थात् १ करोड २४ लाख रुपैयाँ जति पर्छ ।

एनवाईडीपीद्वारा जारी वक्तव्यका अनुसार नाम नखुलाइएका ती २७ वर्षे व्यक्ति फिफ्त्थ एभेन्यु एप्पल स्टोरका नियमित ग्राहक थिए । उनले सधैँ धेरै परिमाणमा आइफोन किन्ने गर्दथे र यसलाई पुनः बिक्री गर्ने गर्दथे । तर उनले ती फोन मध्य रातमा किनेका थिए, उनले किन यस्तो गरे भन्ने रहस्य खुलेको छैन ।

प्रहरीका अनुसार तीनवटा झोलामा आइफोन बोकेर हिँडिरहेका बेला एकजना मानिसलाई उनलाई तानेर र नजिकै भएका अर्का दुईजनाले झोलामा भएको सामान सुम्पिन बताए । तर उनले अस्वीकार गरे, ती लुटेराले जबर्जस्ती झोला तान्न खोजे, उनीहरुबीच मुक्का मुक्की पनि भयो । एकजना लुटेराले उनको अनुहारमा मुक्का हाने र एउटा झोला लिएर जान सफल भए ।

अडिटी सेन्ट्रलका अनुसार उनको किनबेच गर्ने बानीका कारण लुटेराले केही समयदेखि उनलाई निगरानी गरिरहेको हुनसक्ने प्रहरीको भनाई छ । यो विषय अझै अनुसन्धानको क्रममा छ । यसबारे केही जानकारी भए प्रहरीले अग्रसर हुन आह्वान गरेको छ ।

फिफ्त्थ एभेन्यूमा रहेको एप्पल स्टोर सातै दिन चौबिसै घण्टा खुल्ला हुन्छ । त्यतिबेला ब्ल्याक फ्राइडे सेल भइरहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप