हुम्लामा प्रेमिका भेट्न गएका रुकुमका युवक बेपत्ता

प्रेमिका भेट्न हुम्ला पुगेका रुकुम पूर्व घर भएका एक जना युवक बेपत्ता भएका छन् । रुकुम पूर्व पुथा उत्तरगंगा–६ घर भएर हुम्ला गएका संसार घर्तिमगर मङ्सिर ८ बाट बेपत्ता भएका हुन् । घर्तिमगर हुम्लाको चंखेली गाउँपालिका–४ बाट बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
उनलाई बेपत्ता बनाएको आरोपमा प्रहरीले दाङ घर भएकी एक जना युवतीसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना पुरुष छन् । पक्राउ परेकी युवती र घर्तिमगर प्रेमी–प्रेमीका रहेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
कम्प्युटर अपरेटरमा नाम निकालेर हुम्लामा जागिर सुरु गरेकी प्रेमीकालाई भेट्न उनी हुम्ला गएका हुन् । प्रेमिकासँग विवाद भएपछि आएको दुई जना केटाहरूले उनलाई कुटपिट गरेको पीडितका परिवारले दाबी गरेका छन् ।
आरोपी ३ जना विरुद्ध बेपत्ता सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । पीडितका परिवारले प्रहरीमा किटानी जाहेरी दिएका छन् । संसार घर्तिमगरको अवस्था अज्ञात छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज हरियो तरकारी र फलफूलको मुल्य
-
मालपोत र नापीमा अब सेवाप्रवाहसँग जोडेर मूल्याङ्कन हुने
-
निधिको नेतृत्वमा देवशिला पुग्यो गोरखपुरमा, आज अयोध्या पुर्याइने
-
राष्ट्रिय सभा उपनिर्वाचनको अङ्कगणित : एमाले ढुक्क, कांग्रेस चलखेलको प्रयासमा
-
विमान दुर्घटनाको पराकम्प : पोखरामा ५० प्रतिशत यात्रु घटे, अन्तर्राष्ट्रिय उडान अनिश्चित
-
वैदेशिक ऋण तिर्न अपुग, २० प्रतिशत बजेट कटौती