नेप्सेमा ४ अंकको गिरावट, कारोबार ९६ करोडमा खुम्चियो

मंगलबार पनि सेयर बजार परिसूचक नेप्सेमा गिरावट आएको छ । अघिल्लो दिन २४ अंकमाथिले घटेको नेप्से सूचक आज थप ४.८७ अंकले घट्दै १९३३.८८ अंकमा झरेको हो ।
उसो त नेप्से सूचक घटेसँगै आज कारोबार रकममा समेत ठूलो संकुचन आएको छ । यस दिन ९६ करोड ५२ लाख १० हजार रूपैयाँ बराबरको २५ लाख ८१ हजार कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
अघिल्लो दिन २४ अंक बढीले नेप्से घटेको बजारमा १ अर्ब ६७ करोड ४ लाख रुपैयाँ बराबरको ४१ लाख २७ हजार कित्ता सेयर किनबेच भएको थियो ।
आज जीवन बीमा समूह, माइक्रोफाइनान्स र अन्य समूहको उपसूचक बाहेक १० वटा उपसूचक ऋणात्मक भएका छन् । आज पनि धौलागिरी लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरुले सबैभन्दा बढी ८.१७ प्रतिशतले कमाएका छन् भने एनएमबी बैंक लिमिटेडका लगानीकर्ताले ६.०७ प्रतिशतले गुमाउन पुगेका छन् । आज सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडको ८ करोड १२ लाख ३४ हजार ७९९ रुपैयाँ बराबरको ५८० कित्ता सेयर कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरिल्याण्डमा सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु
-
राजतन्त्रको पक्षमा माहोल बनाउन पूर्वराजाको सुझाव, अब के गर्छ राप्रपा ?
-
लुम्बिनी प्रदेश : कपिलवस्तुमा पाँच दलको बैठक बस्दै
-
सुन्तलाको जुस तौल घटाउन कागतीभन्दा प्रभावकारी : अङ्गुरमा हुन्छ चमत्कारिक गुण
-
तनहुँमा दश खानेपानी आयोजना अन्तिम चरणमा
-
बाराबाट उपेन्द्र यादवविरुद्ध सीके राउतको उद्घोष