शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्सेमा ४ अंकको गिरावट, कारोबार ९६ करोडमा खुम्चियो

मङ्गलबार, २० मङ्सिर २०७९, १५ : १५
मङ्गलबार, २० मङ्सिर २०७९

मंगलबार पनि सेयर बजार परिसूचक नेप्सेमा गिरावट आएको छ । अघिल्लो दिन २४ अंकमाथिले घटेको नेप्से सूचक आज थप ४.८७ अंकले घट्दै १९३३.८८ अंकमा झरेको हो । 
उसो त नेप्से सूचक घटेसँगै आज कारोबार रकममा समेत ठूलो संकुचन आएको छ । यस दिन ९६ करोड ५२ लाख १० हजार रूपैयाँ बराबरको २५ लाख ८१ हजार कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 
अघिल्लो दिन २४ अंक बढीले नेप्से घटेको बजारमा १ अर्ब ६७ करोड ४ लाख रुपैयाँ बराबरको ४१ लाख २७ हजार कित्ता सेयर किनबेच भएको थियो । 

आज जीवन बीमा समूह, माइक्रोफाइनान्स र अन्य समूहको उपसूचक बाहेक १० वटा उपसूचक ऋणात्मक भएका छन् । आज पनि धौलागिरी लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरुले सबैभन्दा बढी ८.१७ प्रतिशतले कमाएका छन् भने एनएमबी बैंक लिमिटेडका लगानीकर्ताले ६.०७ प्रतिशतले गुमाउन पुगेका छन् ।  आज सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडको ८ करोड १२ लाख ३४ हजार ७९९ रुपैयाँ बराबरको ५८० कित्ता सेयर कारोबार भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप