शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सीपीसीको बैठकपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिए हु जिन्ताओ

मङ्गलबार, २० मङ्सिर २०७९, १५ : २४
मङ्गलबार, २० मङ्सिर २०७९

पूर्वचिनियाँ नेता हु जिन्ताओ अक्टोबरको दोस्रो साता कम्युनिष्ट पार्टीको शीर्ष बैठकबाट नाटकीय रूपमा बाहिर निस्किएपछि पहिलो पटक सार्वजनिक रूपमा देखिएका छन् । आफ्ना पूर्ववर्ती जियाङ जेमिनलाई श्रद्धाञ्जली अर्पण गर्ने क्रममा उनी सार्वजनिक कार्यक्रममा देखिएका हुन् ।

सोमबार बिहान हु अन्य शीर्ष नेताहरूसँग बेइजिङको चिनियाँ जनमुक्ति सेना जनरल अस्पतालमा जियाङलाई अन्तिम श्रद्धाञ्जली दिन उपस्थित भएका थिए । अक्टोबरमा सीपीसी कंग्रेसको समापन समारोह चलिरहँदा हुलाई कुर्सीबाट उठाएर बाहिर लगिएको थियो, जसलाई असामान्य घटना मानिएको थियो । उक्त बैठकले सी जिनपिङलाई नेताको रूपमा ऐतिहासिक तेस्रो कार्यकाल सुम्पिएको थियो । 

हु अस्वस्थ भएको चिनियाँ सञ्चार माध्यमहरूले जनाएका थिए । श्रद्धान्जलिपछि उनी सहयोगीको साथमा अस्थिर भएर हिँडेका देखिन्थे । उनले जियाङकी श्रीमतीसँग केहीबेर गफ गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप