१० दलले कटाए लुम्बिनीमा थ्रेस होल्ड, सरकारमा बहुमत जुटाउन भने सकस

लुम्बिनी प्रदेशसभामा १० राजनीतिक दलले थ्रेस होल्ड कटाएका छन् । यो सँगै अब प्रदेशसभामा १० राजनीतिक दलको प्रतिनिधित्व हुने भएको छ ।
लुम्बिनी प्रदेशमा प्रतिनिधिसभाका २६ र प्रदेशसभाका ५२ निर्वाचन क्षेत्र रहेकोमा आठ वटा राजनीतिक दलले मात्रै प्रत्यक्षमा चुनाव जितेका थिए । तर, समानुपातिकमा थ्रेस होल्ड पार गरेका १० राजनीतिक दलको प्रदेशसभामा प्रतिनिधित्व हुने छ । संविधानको व्यवस्था अनुसार प्रदेशमा 'थ्रेस होल्ड' पार गर्न कुल सदर मतको १.५ प्रतिशत मत ल्याउनुपर्छ ।
लुम्बिनीेमा ३२ दलले चुनावमा भाग लिएकामा १८ लाख ८७ हजार ७८ मत सदर भएको थियो । जसमा १० वटा दलले २८ हजार ३०६ मत १.५ प्रतिशत थ्रेसहोल्ड कटाएका छन् । १० दलले पाएको १७ लाख ७७ हजार ७२० मतलाई ३५ सिटमा भाग लगाउँदा सबैभन्दा धेरै ३० प्रतिशत ५ लाख ७० हजार ९२१ मत पाएको नेकपा एमालेले ११ सीटसम्म भाग पाउनेछ ।
दोस्रोमा कांग्रेसले २६ प्रतिशत ९ लाख ९९ हजार ९८६ मत ल्याएको छ छ । उसले ९ देखि १० सीटसम्म भाग पाउनेछ । १० प्रतिशत १ लाख ९८ हजार ४५० मत पाएको नेकपा माओवादी केन्द्रले ५ वटासम्म सिट पाउनेछ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ प्रतिशत १ लाख २७ हजार ४५२ मत ल्याएर दुई सिट पाउँनेछ । ६ प्रतिशत १ लाख २५ हजार ५२१ मत प्राप्त गरेको नागरिक उन्मुक्ति पार्टीले पनि दुई सीट पाउनेछ । ४ प्रतिशत ८१ हजार ६०५ मत पाएको जनमत पार्टीले एक सीट पाउँदा ३ प्रतिशत ६० हजार ८८६ मत ल्याएको जनता समाजवादी पार्टीले पनि एक सिट नै पाउनेछ ।
यहाँ 'थ्रेस होल्ड' कटाएका एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले एक-एक सीट पाउनेछन् ।
प्रत्यक्षतर्फ उमालेले १८, कांग्रेसले १७, माओवादीले ५, राप्रपा, जसपा, नागरिक उन्मुक्ति र लोसपाले २–२ सिट जितेका थिए ।
यस्तै, माओवादीबाट बागी (स्वतन्त्र) उम्मेदवारी दिएर तीन जनाले, जनमत पार्टीले एक सिट जित्दा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले कुनै सिट जित्न सकेनन् । तर, सरकार गठनका बेला बहुमत जुटाउन भने निकै कठिन हुने देखिएको छ । ८७ सदस्यीय प्रतिनिधिसभामा पाँच दलीय गठबन्धनको पनि बहुमत छैन भने सबैभन्दा ठूलो दल एमालेलाई पनि बहुमत जुटाउन सकस छ । यो अवस्थामा नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी निर्णायक देखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट सकारात्मक छ : नेपाल समुद्रपार निकासी पैठारी संघ
-
बायाँबाट आइरहेको सकारात्मक आवाजलाई दिमागले छिट्टै चिन्छ
-
६ महानगरपालिकासहित ७५३ स्थानीय तहलाई २ खर्ब ९५ अर्ब हस्तान्तरण, कसले कति पाए ?
-
कोसेलीका रूपमा विदेश पुग्छ म्याग्दीको रातो च्याउ
-
७ प्रदेशका लागि १ खर्ब ५ अर्ब वित्तीय हस्तान्तरण : कुन प्रदेशले कति पाए ?
-
नक्कली भुटानी शरणार्थी प्रकरण : अपराधीलाई कारबाहीको माग गर्दै प्रदर्शन (तस्बिरहरु)