मुम्बईको प्राइम फोकसमा हुँदै ‘ह्यारी कि प्यारी’ पोस्ट प्रोडक्सन

हास्य अभिनेता जीतु नेपाल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भुमिका रहेको फिल्म ‘ह्यारी कि प्यारी’ माघ २० बाट प्रदर्शनमा आउँदैछ । डा. कपिल रिजालको निर्देशन रहेको फिल्मको पोस्ट प्रोडक्सनको मुम्बईको प्राइम फोकस स्टुडियोमा भइरहेको छ ।
फिल्मको प्राविधिक पक्ष अन्तराष्ट्रिय स्तरको बनाउने उद्देश्यले फिल्मको पोस्टप्रोडक्सन मुम्बईमा गरिएको निर्देशक रिजालले बताए । प्राइम फोकसमा ‘ओम शान्ति ओम’, ‘मेरी कोम’, ‘पा’, ‘गजनी’ जस्ता थुप्रै बलिउड फिल्मका पोष्टप्रोडक्सन भएका थिए ।
सोसल–कमेडी जनरामा निर्माण भएको ‘ह्यारी की प्यारी’ मा जितु र साम्राज्ञीलाई रोमान्टिक मुडमा देख्न सकिन्छ । बीआर प्रोडक्सनकको प्रस्तुतिमा निर्माण भएको फिल्ममा जितु र साम्राज्ञीका साथै विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको अभिनय छ । अभिनेत्री रेखा थापा पनि फिल्ममा विशेष भूमिकामा देखिने छिन् ।
डा. कपिल रिजालको प्रस्तुति रहेको फिल्ममा रिजाल स्वयंको कथा तथा निर्देशन, पटकथा रहेको छ । दन्त चिकित्सक डाक्टर कपिल रिजालले यही फिल्मबाट निर्देशनमा डेब्यू गर्दैछन् । पर्वत र कास्कीमा विभिन्न स्थानमा छायाङ्कन भएको फिल्ममा नेपाली समाजको विवाह संस्कार र त्यसको सामाजिक पक्षलाई समेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सभा उपनिर्वाचनको अङ्कगणित : एमाले ढुक्क, कांग्रेस चलखेलको प्रयासमा
-
यस्तो छ क्रिकेट खेलाडीको नयाँ वर्गीकरण, को कुन ग्रेडमा ?
-
सन्दीपको निलम्बन फुकुवा : के भएको थियो बोर्ड बैठकबाट निर्णय पारित हुँदा ?
-
नेपाली काँग्रेस लुम्बिनीमा २१ वटा विभाग गठन , कोको समेटिए ?
-
परराष्ट्र नीतिलाई समयसापेक्ष बनाउन परामर्श गरिनेछ : परराष्ट्रमन्त्री पौड्याल
-
भारत सरकारले ल्यायो ४५ लाख करोड भारुको बजेट, कस्ता छन् योजना ?