शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पाँच वर्षपछि प्रदेश रहने/नरहने प्रष्ट हुन्छः गगन थापा

मङ्गलबार, २० मङ्सिर २०७९, १७ : २९
मङ्गलबार, २० मङ्सिर २०७९

 नेपाली काँग्रेसका महामन्त्री गगन थापाले अबको ५ वर्षपछि प्रदेश सरकार रहने वा नरहने भन्ने प्रष्ट हुने बताएका छन् । विराटनगरमा आज गुरूराज घिमिरेद्वारा लिखित ‘बाटो बिराएको राजनीति’ नामक पुस्तक विमोचन कार्यक्रममा थापाले यस्तो बताएका हुन् ।

‘प्रदेशले ५ वर्षभित्रमा आफ्नो औचित्य पुष्टि गर्न सकेन भने प्रदेश हामीले बचाएर बच्दैन जनस्तरबाटै आवाज उठिहाल्छ’, उनले भने । उनले प्रदेशलाई बलियो बनाउन कांग्रेस नेता गुरु घिमिरे जस्ता नेताको खाँचो रहेको पनि बताए । तर, घिमिरेले चुनाव हार्दा प्रदेशले राम्रो मान्छे मिस गरेको थापाको भनाइ थियो । 

 उनले ५ वर्षको सरकार चलाउने भन्दा पनि के गर्ने भन्ने विषयमा स्पष्ट हुनुपर्ने बताए । सरकार बनाउँदा स्पष्टता, प्रतिबद्धता र चरित्रवान नेतृत्व हुने बताउँदै उनले शक्ति, सीमा र स्रोतको सीमितताको बीचमा काम गर्नुपर्ने बताए ।

वर्तमान अर्थतन्त्र समस्याग्रस्त भइसकेको र यसलाई समाधान नगर्ने हो भने संकटमा जाने पनि उनले बताए ।  काँग्रेसले ५ वर्षको सरकार राम्रो चलाए अहिलेको जस्तै २७ प्रतिशतको नभइ ४० प्रतिशतको आकारमा पार्टी पुग्ने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप