महाकाली नदीमा एकतर्फी तटबन्धबारे सरकारले भारतलाई पठायो कूटनीतिक नोट

सरकारले महाकाली नदीमा भारतले गरिरहेको एकतर्फी तटबन्धका सम्बन्धमा कूटनीतिक नोट पठाएको छ । मंगलबार सो सम्बन्धमा नेपालको धारणासहितको कूटनीतिक नोट पठाइएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले पुष्टि गरिन् ।
रातोपाटीसँग कुरा गर्दै लम्सालले भनिन्–‘कुटनीतिक च्यानलमार्फत आज हामीले भारत सरकारलाई नेपालको धारणा समेटिएको कुटनीतिक नोट पठाएका छौँ । हाम्रो सवाल, हामीले गर्नुपर्ने कुराहरु, हामीले भारतीय पक्षलाई भन्नुपर्ने कुराहरू त्यसमा लेखेर पठाएका छौँ ।’ नेपालले काठमाडौंमा रहेको नेपालका लागि भारतीय राजदूतावास मार्फत सो पत्र पठाएको हो ।
केही दिन यता भारतले दार्चुलास्थित नेपालको सिमानामा रहेको महाकालीको बहाव नेपालतर्फ धकेल्ने गरी भारतीय भूमिमा एकतर्फी बाँध बनाउँदै आएको छ । सो सम्बन्धमा दुई देशका स्थानीयबासीबीच ढुङ्गा हानाहान समेत भएको थियो । आइतबार भारतीय भूमिबाट हानिएको ढुङ्गाले लागेर एक नेपाली बालक घाइते समेत भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्रमा पुरानै कार्यविभाजन ब्युँतियो
-
अमेरिकाले नेपालमा गरेको लगानीमा भूराजनीतिक सम्बन्ध छैन : सामन्था पावर
-
‘मेडिकल शिक्षाका विषय चिकित्सा शिक्षा आयोगलाई भारी’
-
सरकारी जग्गाको संरक्षणका लागि ‘एक्सन’मा उत्रिँदै वीरेन्द्रनगर नगरपालिका
-
बिहीबार माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्ने
-
हेल्मेटमा लुकाएको १८ लाखसहित दुईजना पक्राउ