बुधबार, २५ माघ २०७९
ताजा लोकप्रिय

मोटरसाइकल चोरेर भाग्दै गरेको अवस्थामा एक जना पक्राउ

मंगलबार, २० मंसिर २०७९, १८ : ००
मंगलबार, २० मंसिर २०७९

जनकपुरमा मोटरसाइकल चोरेर भाग्दै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको लोहरपट्टी नगरपालिका-२ का १९ वर्षीय शंकर कुमार दास रहेका प्रहरीले जनाएको छ । 

जनकपुर उपमहानगरपालिका - ९ संकटमोचन मन्दिर नजिक पार्किङ गरी राखेको मोटरसाइकल चोरेर भाग्दै गरेको अवस्थामा मंगलबार उनी पक्राउ परेका हुन् । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप