कृषि पेसालाई सम्मानित पेसा बनाउने मुक्तिनाथको अभियान

गाउँको उत्पादन सहरमा,सहरको पुँजी गाउँमा भन्ने अभियान अन्तर्गत गाउँ गाउँ सहकारी,घरघर रोजगारीलाई मूलमन्त्र बनाई मुक्तिनाथ विकास बैंकले बहुउद्देश्यीय कृषि सहकारी मार्फत आम जनसमुदायलाई समेटी उद्यमशीलता विकास गर्ने र कृषि पेसालाई सम्मानित पेसाको रूपमा विकसित गराउने अभियान सुरु गरेको छ ।
पहिलो चरणमा स्याङ्जा,कास्की,तनहुँलाई केन्द्रविन्दु बनाई कार्य थालनी गरेको बैंकले हालै मात्र स्याङ्जाको हरिनाश गाउँपालिकामा दग्दी मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारी संस्था लि.,कास्कीको माछापुच्छ्रे गाउँपालिकामा माछापुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारी संस्था लि. र तनहुँको भानु नगरपालिकामा मिर्लुङ्गकोट मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारी संस्था लि.को नाममा आम जनभेला मार्फत तदर्थ समिति गठन गरी स्थानीय स्तरमा सहकारी दर्ता प्रक्रिया अघि बढाएको छ ।
मुक्तिनाथ विकास बैंक लि.तथा मुक्तिनाथ कृषि कम्पनी लि.का अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा आयोजित आम जनभेलामा सम्बन्धित गा.पा.तथा न.पा.प्रमुख,उपप्रमुख,वडाध्यक्ष,स्थानीय बुद्धिजीवी,समाजसेवी, कृषक,उद्यमी लगायत स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अफगानिस्तानमा कडा जाडाका कारण १६८ जनाको मृत्यु
-
परराष्ट्रमन्त्रीको श्रीलंका भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
-
एकीकृत समाजवादीले देशको आर्थिक संकटबारे प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउने
-
परम्परागत पहिरनमा विद्यालय सञ्चालन गर्न म्यागङ गाउँपालिकाको निर्देशन
-
क्यान बैठक : सन्दीपको निलम्बन फिर्ता गर्ने तयारी
-
अस्थायी प्रकृतिका शिक्षक नियुक्त गर्दा पैसा दिनुपर्ने विषयमा छानबिन गर्न निर्देशन