तीनकुनेमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एक घाइते
मंगलबार, २० मंसिर २०७९, १८ : ०३

काठमाडौंको तीनकुनेमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मंगलबार बिहान भएको उक्त दुर्घटनामा अर्का एक जना घाइते भएका छन् । मृत्यु हुनेमा झापा घर भई हाल भक्तपुरको चारदोबाटो बस्ने २५ वर्षीय रोमित रिजाल रहेका प्रहरीले जनाएको छ । उनको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
घाइते भएका मोटरसाइकलको पछाडि सवार सप्तरीको अग्नि सायर गाउँपालिका घर भई हाल भक्तपुरको दुवाकोट बस्ने २२ वर्षीय उदित चौधरीको पनि सोही अस्पतालमै उपचार भइरहेको छ ।
कोटेश्‍वरबाट सिनामगंलतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०१९००६ ख ४८ ४० नम्बरको बसले बानेश्‍वरबाट कोटेश्‍वर तर्फ जाँदै गरेको बा ८१ प २७ ९९ नम्बरको मोटरसाइकललाई मंगलबार ठक्कर दिएको थियो । दुवै सवारी साधनसहित बस चालक नियन्त्रणमा रहेको प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनतालाई महसुस हुनेगरी स्वास्थ्य क्षेत्रमा सुधार हुन्छ : मन्त्री गिरी
-
माधव नेपालको राजनीतिक प्रतिवेदन : एमालेबाट विद्रोह गर्नु जायज
-
यामलाल कँडेल भन्छन् : सरकार कर्णालीको भयो, मानसिकता वडा बनाउने भयो
-
भोलि राष्ट्रियसभा उपाध्यक्षका लागि मनोनयन दर्ता
-
सांसद अरुण चौधरीविरुद्ध जिल्ला अदालतको फैसला बदरको माग राख्दै पुनरावेदनको तयारी
-
कांग्रेसबाट पन्त र गुरुङमध्ये एक राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार बन्ने