हात्तीको आक्रमणबाट मोरङमा एकको मृत्यु
मंगलबार, २० मंसिर २०७९, १८ : ३६

मोरङको सुन्दरहरैचा–१० का ७३ वर्षीय वृद्धको हात्तीको आक्रमणबाट मंगलबार मृत्यु भएको छ । जङ्गली हात्तीको आक्रमणबाट अजय बास्तोलाको मृत्यु भएको स्थानीय कमलादेवी अधिकारीले बताइन् ।
स्थानीय मुनाल सामुदायिक वनमा घाँस काट्न गएका बेला अजय हात्तीको आक्रमणमा परेका थिए । श्रीमती जानुकासँग जङ्गल गएका बास्तोला हात्तीको आक्रमणमा परेपछि जानुकाले भने भागेर ज्यान जोगाएकी थिइन् ।
१ महिना यता उत्तर पूर्वी मोरङमा हात्तीले दैनिक जसो उपद्रो गरिरहेको त्यहाँका स्थानीय बताउँछन् । हुलका हुल आउने हात्तीले मिक्लाजुङ र लेटाङको ८ र ९ नम्बर वडामा बढी क्षति गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तत्काल कुनै पार्टीसँग एकता हुँदैनः खतिवडा
-
डेरीमा पशुको बोसोसहित अखाद्य वस्तु फेला
-
‘ह्यारी कि प्यारी’ को प्रिमियरमा जे देखियो, तस्बिरमा हेर्नुहोस्
-
क्यानद्वारा सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा
-
चितवनमा बुधबार १२ बजेदेखि पासपोर्टको लागि अनलाइन आवेदन दिन सकिने
-
परराष्ट्रमन्त्री पौड्यालले श्रीलङ्कामा उच्चस्तरीय भेटवार्ता गर्ने