बुटवलका अव्यवस्थित बसोबासीलाई प्रमाणपत्र दिइने
बुटवल उपमहानगरपालिकाले अव्यवस्थित बसोबासीको अभिलेख राख्न थालेको छ । उपमहानगरपालिकाले अव्यवस्थित रूपमा बसोबास गरिरहेका परिवारलाई बसोबासको प्रमाणपत्र दिने तयारी गरेको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिए ।
बुटवलका १९ वटै वडाहरूमा लामो समयदेखि बसोबास गर्दै आएका बासिन्दालाई दाबी विरोध र गुनासो भएमा १५ दिनभित्र कागजातसहित दाबी विरोध गर्न उपमहानगरपालिकाले आह्वान गरेको छ । १५ दिनभित्र कुनै दाबी विरोध नआएमा लगत्तै बसोबासको प्रमाण पत्र वितरण गर्ने गरी तयारी भएको प्रमुख प्रशासकीय अधिकृत पन्थीले बताए ।
उहाँले लामो समयदेखि भोगचलन गर्दै आएका र तत्काल लालपुर्जा पाउने प्रक्रियामा जान नसकेका बासिन्दाको अभिलेख राख्ने र सो क्षेत्रको जग्गा किनबेचमा समेत रोक लगाउने उद्देश्यले बसोबासको प्रमाणपत्र दिन लागेको बताए ।
बुटवलभित्र १६ हजार ५ सय २१ घरपरिवार अव्यवस्थित रूपमा बसोबास गर्दै आएको तथ्याङ्क सङ्कलनपछि सार्वजनिक क्षेत्र अतिक्रमण रोक्न र अवैध रूपमा भइरहेको किनबेच रोक्ने उद्देश्यले बसोबासको प्रमाण पत्र दिने तयारी गरेको उनले बताए ।
भूमिसम्बन्धी ऐनले स्थानीय तहलाई दिएको वास्तविक भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलन गर्ने, पहिचान गर्ने र प्रमाणीकरण गर्न सक्ने अधिकारबमोजिम नै लगत सङ्कलन र पहिचान गर्ने काम गर्न लागिएको उनले उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलित किसानको पक्षमा उभिए दुई महासंघ
-
गृहमन्त्रीको लफडाबारे प्रतिपक्षी दलहरू ‘वेट एन्ड सी’ को मुडमा
-
द्रुतमार्ग : ‘खोकनामा प्रभावकारी राजनीतिक पहल आवश्यक छ’
-
‘कामिनो’ मा बन्लिन् त प्रदीपको जोडी वर्षा ?
-
बागमती प्रदेश : ६ महिनामा ११ अर्ब १९ करोड खर्च
-
प्रतिपक्षी दलको बैठकमा राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनबारे छलफल