शुक्रबार, २० माघ २०७९
ताजा लोकप्रिय

११ अर्बले बढ्यो बैंकको निक्षेप, कर्जा लगानी १ अर्बले मात्रै

मंगलबार, २० मंसिर २०७९, १९ : २७
मंगलबार, २० मंसिर २०७९

पछिल्लो साता बैंकिङ निक्षेप ११ अर्ब रुपैयाँले बढेको छ । नेपाल बैंकर्स संघका अनुसार मङ्सिर ९ गतेदेखि १६ गतेसम्ममा ११ अर्ब रुपैयाँले बढ्दै २६ वटा वाणिज्य बैङ्कहरूको निक्षेप  ४५ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको हो ।

अघिल्लो साता अर्थात् मङ्सिर २ गतेदेखि ९ गतेसम्ममा ४ अर्ब रुपैयाँले मात्र निक्षेप बढ्दै ४५ खर्ब ६२ अर्ब रुपैयाँ कायम भएको थियो । यस्तै समीक्षा अवधिमा यता कर्जा लगानीतर्फ १ अर्ब रुपैयाँले मात्र वृद्धि हुँदै बैङ्कहरूले ४२ खर्ब २३ अर्ब रुपैयाँ लगानी गरेका छन् । अघिल्लो हप्ता यस्तो कर्जा लगानी बैङ्कहरूले ३ अर्बले बढाउँदै कुल ४२ खर्ब २२ अर्ब लगानी गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप