प्रतिबन्धित वस्तुको आयात खुला गर्ने सरकारको निर्णय

सरकारले प्रतिबन्धित वस्तु आयात खुलाउने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रतिबन्धित वस्तुको आयात खुल्ला गर्ने निर्णय गरेको एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए । सरकारले गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्ध लगाउँदै आएको थियो ।
विदेशी मुद्रामा सञ्चितिमा संकट देखिए पछि सरकारले गत वैशाखदेखि १० प्रकारका विलासी वस्तुमा आयात प्रतिबन्ध घोषणा गरेको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गर्दै कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादन, सबै प्रकारका मदिरा (औद्योगिक कच्चा पदार्थबाहेक), चुरोट तथा सुर्तीजन्य वस्तु (औद्योगिक कच्चा पदार्थबाहेक), हीरा (औद्योगिक कच्चा पदार्थबाहेक), ३०० अमेरिकी डलरमाथिका स्मार्ट फोनहरू, रंगीन टेलिभिजन, जीप, कार र भ्यान, मोटरसाइकल, सबै प्रकारका खेलौना र खेल्ने तासको आयातलाई प्रतिबन्ध लगाएको थियो । अन्य वस्तुको आयात खुला गरे पनि ४ वस्तुमा भने प्रतिबन्ध कायम रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल इन्भेस्टमेण्ट मेगा बैंकको finPOS बाट ‘नेपाल पे ट्याप’ र ‘नेपाल पे क्यूआर’ गर्न सकिने
-
नेपाल पर्यटन यातायात व्यवसायी संघको चौथो वार्षिक साधारणसभा सम्पन्न
-
आन्तरिक राजश्व कार्यालय जुम्लामा राजश्व असुली निराशाजनक
-
गण्डकी प्रदेशसभा बैठक कक्ष साँघुरो हुँदा खुट्टा छिराउ नै धौधौ
-
मौलापुरमा फागुनको पहिलो साता मधानी महायज्ञ हुँदै
-
नक्कली नोटसहित दुई जना पक्राउ