२०० भन्दा बढी चालक ट्राफिक प्रहरीको कारबाहीमा
काठमाडौँ उपत्यकामा आज गरिएको विशेष चेकिङमा २८६ वटा सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सह-प्रवक्ता अवदेश विष्ट क्षेत्रीका अनुसार चेकिङका क्रममा बम्पर गार्ड नहटाएका १२ वटा, धुँवा बढी फाल्ने ३ वटा, नम्बर स्पष्ट नभएका ९ वटा, नम्वर प्लेट आकाश तिर फर्केका २ वटा, मदिरा पिएर सवारी साधन चलाउने १ जना र अन्य कसुरमा २६० वटा गरी २८६ वटा सवारी साधनका चालकलाई कारबाही गरिएको हो ।
उनका अनुसार काठमाडौँको नयाँ बसपार्क, सोह्रखुट्टे र स्वयम्भू चोकमा आज सवारी साधनको विशेष चेकजाँच गरिएको थियो । यस्तै, सडकमा पानी चुहाउँदै गाडी चलाउने १० वटा पानी ट्याङकरका चालकलाई पनि ट्राफिक प्रहरीले आज कारबाही गरेको छ । चेकिङकै क्रममा सवारी चालक अनुमति पत्र नभएको एउटा पानी ट्यांकरका चालकलाई पनि कारबाही गरिएको छ ।
सवारी साधनमा राखिएको कपडाको झलर, डोरी, रिबन, विभिन्न स्टिकरहरू लगायतका सामाग्री हटाउन पनि ट्राफिक प्रहरीले सुरु गरेको छ । काठमाडौँको नागढुङ्गामा हिजो र आज गरिएको चेकिङका क्रममा २८ वटा सवारी साधनको अगाडी सिसाको भागमा राखिएका झलर, डोरी, रिबन, लेस, स्टिकर तथा अगाडिको सिसा चर्किएको लगायतका सामाग्रीहरू हटाइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
-
वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट : मधेश प्रदेशले ‘सुपर ओभर’ मा हरायो सुदूरपश्चिमलाई
-
छोरी अरूसँग भागेको भन्दै सडक अवरुद्ध, प्रहरीले चलायो ९ राउण्ड अश्रुग्यास
-
वैदेशिक रोजगारीमा जाने श्रमिकको हवाई टिकटमा खानाको व्यवस्था गर्न विभागको आग्रह
-
सिद्धार्थ बैंकलाई ‘अन्तर–बैंक पुरुष फुटसल’को उपाधि
-
कालीकोट जिल्लाकै नमुना स्याउ फोइमहादेवमा