पाल्पामा बिहे भोज खाएर बिरामी हुने एक सय पुगे

पाल्पाको चिर्तङधारामा विवाहको भोज खाँदा एक सय जना मानिस बिरामी भएका छन् । गत शनिबार बगनासकाली–१, चिर्तुङ्धारास्थित दानबहादुर गाहाको छोरीको बिहे भोज खाएर बिरामी हुने मानिसको सङ्ख्या बढेर सय बढी पुगेको स्थानीयवासीले जानकारी दिएका छन् ।
गाउँमा सबै घरमा तीन/चार जना मानिस बिरामी भएको स्थानीय बासिन्दाले बताएका छन् । बिहेमा भोज खाएका सबैलाई झाडापखाला लाग्ने, वाकवाकी लाग्ने, ज्वरो आउने, पेट दुख्ने जस्ता समस्या देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले बताए । भोज खाएर बिरामी भएकालाई उपचार गर्न गाउँपालिकाले चिकित्सकको नेतृत्वमा स्वास्थ्यकर्मी परिचालन गरेको छ । गाहाको छोरीको बिहेमा भोज खाएर बिरामी परेकाको उपचारका लागि पालिकाले स्वास्थ्यकर्मी खटाएको हो ।
भोज खाएर बिरामी भएकाको पहिचान गर्न र उपचार गर्न एक जना चिकित्सकको नेतृत्वमा ११ जना स्वास्थ्यकर्मी खटाइएको गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले बताइन् । बिरामी परेकामध्ये सोमबार र मङ्गलबार गरी १५ तानसेनस्थित मिसन अस्पतालमा भर्ना भएका छन् । सोमबार चार जना भर्ना भएकामा मङ्गलबार ११ जना बिरामीलाई भर्ना गरेर थपिएको उपचार गरिएको तानसेनस्थित मिसन अस्पतालका सूचना अधिकारी जीवन भट्टराईले जानकारी दिए । बिरामी परेकामा ‘फुड प्वाइजनिङ’ को समस्या देखिएको उनले बताए । भोजमा बटुक, पाडा (राँगो) को मासु, पुलाउ, आलु गोभीको तरकारी, मेवाको अचार, आलु र मुलाको अचार परिकार थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौँदेखि खुला आकाशमा रात बिताउँदै बीजमायाको परिवार
-
फ्रान्सको क्यालेस बन्दरगाहबाट ३५० केजी लागुऔषध बरामद
-
४० देशले पेरिस ओलम्पिक बहिष्कार गर्न सक्ने
-
आन्दोलित किसानको पक्षमा उभिए दुई महासंघ
-
गृहमन्त्रीको लफडाबारे प्रतिपक्षी दलहरू ‘वेट एन्ड सी’ को मुडमा
-
द्रुतमार्ग : ‘खोकनामा प्रभावकारी राजनीतिक पहल आवश्यक छ’