आइतबार, २२ माघ २०७९
ताजा लोकप्रिय

विराट एक्स्पोः प्रदेश १ को पर्यटकीय स्थलको छुट्टै पभिलियन

मंगलबार, २० मंसिर २०७९, २० : १५
मंगलबार, २० मंसिर २०७९

विराटनगर–१४ स्थित डिग्री क्याम्पसको मैदानमा मंसिर २९ गतेदेखि आयोजना हुने  विराट एक्स्पोमा पर्यटकीय क्षेत्रलाई विगतमा भन्दा भिन्न किसिमले प्रवर्द्धन गरिने भएको छ । 

थ्रिडी भिआर प्रविधिको प्रयोग गरी आकर्षक तरिकाले प्रदेश १ का पर्यटकीय स्थलहरूको भिडियोग्राफिको माध्यमबाट प्रवर्द्धन गरिने भएको हो । एक्स्पोमा  अत्याधुनिक प्रविधिको प्रयोग गरिने हुँदा  आगन्तुकहरूले प्रदेश १ का पर्यटकीय स्थलहरूलाई नजिकबाट नियाल्न सक्ने छन् । प्रदेशको पर्यटकीय स्थलहरूलाई प्रविधिमार्फत नजिकबाट नियाल्न चाहने आगन्तुकहरूलाई लक्षित गरी छुट्टै पभिलियनको व्यवस्था गरिएको विराट एक्स्पोका प्रचारप्रसार संयोजक नन्दकिशोर राठीले बताए ।   

राठीका अनुसार एक्स्पोमा थ्रिडीआर प्रविधिको माध्यमबाट सगरमाथा बेस क्याम्प, कञ्चनजङ्घा बेस क्याम्प, ग्योको लेक, पाथीभर क्षेत्रको दृश्यावलोकन तथा धार्मिक टूर गर्न सकिने छ । यस्तै होलोग्राम प्रविधिका माध्यमबाट समेत भर्चुअल रियालिटीमा बराह क्षेत्र, तीनजुरे मिल्के तथा पाथीभराका दृश्यहरू अवलोकन गर्न सकिने छ । राठीका अनुसार प्यागोडा शैलीमा आकर्षक डिजाइनसहित निर्माण गरिने पर्यटन पेभिलियनमा प्रदेश १ का विभिन्न पर्यटकीय गन्तव्यहरूको जानकारी राखिने छ ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को पर्यटन समितिका संयोजक भविशकुमार श्रेष्ठले प्रदेश १ का धार्मिक, सांस्कृतिक, प्राकृतिक पर्यटकीय स्थलहरूका बारेमा एकै थलोमा जानकारी दिइने बताए । उनले पर्यटनका लागि छुट्टै पभिलियन बनाएर आगन्तुकहरूलाई पर्यटकीय स्थलबारे विस्तृत जानकारी दिइने स्पष्ट पारे । 

एक्स्पोमा राखिने पर्यटन पभिलियनमा पर्यटन व्यवसायीको संस्था होटल एशोसिएसन, टूर अपरेटर एशोसियसनलगायतका संस्थाहरूले माउण्टेन फ्लाइट तथा प्रदेश १ का विभिन्न  गन्तव्यहरूको टूर प्याकेज उपलब्ध गराउने आयोजक उद्योग संगठन मोरङले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप