बलात्कारको आरोप लागेपछि कपिलवस्तुका न्यायाधीशले दिए ‘चोरी’को उजुरी

कपिलवस्तुका जिल्ला न्यायाधीश भुवन गिरिमाथि एक जना महिलाले बन्धक बनाएर यौन शोषण गरेको आरोप लगाएकी छन् । आफूमाथि बलात्कार आरोप लागेपछि न्यायाधीश गिरीले ती महिला विरुद्ध पनि चोरेको आरोप लगाएका छन् ।
न्यायाधीश गिरीले महिलाविरुद्ध चोरीको उजुरी दिएको कपिलवस्तुका एसपी प्रेम बहादुर बस्नेतले रातोपाटीलाई बताए । उनले भने–‘महिलाले बलात्कारको उजुरी दिनुभएको छ, दुवै उजुरीबारे प्रारम्भिक अनुसन्धान सुरु गरेका छौँ ।
पीडित महिलाले सुरुमा दिएको बलात्कारको जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको थियो । प्रहरीले जाहेरी दर्ता नगरेपछि ती महिलाले एक साताअघि राष्ट्रिय मानव अधिकार आयोग र महिला आयोगमा उजुरी गरिन् । दुवै आयोगले प्रहरीलाई जाहेरी दर्ता गर्न पत्राचार गरेका छन् । न्यायाधीश गिरीले आफूलाई ५ वर्षदेखि बन्धक बनाएर यौन शोषण गरेको महिलाको आरोप छ । पीडित महिला २०७५ देखी न्यायाधीशसँगै थिइन् ।
आफूविरुद्ध उजुरी गर्ने महिलाविरुद्ध पनि चोरीको आरोप लगाएर न्यायाधीश गिरी लामो बिदामा बसेका छन् । बलात्कार मुद्दाबारे अनुसन्धान गर्न राज्यका विभिन्न निकायबाट लेखेर आएको एसपी बस्नेतले जानकारी दिए । उनले भने–‘प्रारम्भिक अनुसन्धान गर्दै छौँ, अहिले पक्राउ गर्नुपर्ने अवस्था छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कार्यतालिका
-
प्रहरीको ३० वर्षे हटाउने प्रस्ताव : घुमिफिरी रुम्जाटार
-
सरकारलाई खर्च जुटाउनै मुस्किल : अघिल्लो वर्षको १ खर्ब ८२ अर्बको टेको
-
संसद्मा उठेका प्रश्नहरूको जवाफ दिने विषयमा सत्तारुढ दलबीचमै मत बाझियो
-
कांग्रेस दुई दर्जन केन्द्रीय सदस्यबीच छलफल, देउवालाई भेटेर ध्यानाकर्षण गराउने निर्णय
-
माओवादी पदाधिकारी बैठक : गृहमन्त्री माओवादीको हुनुपर्नेमा नेताहरुको जोड