धनुषामा स्कुल बसको ठक्करले पुजारीको मृत्यु
मंगलबार, २० मंसिर २०७९, २१ : २४

जनकपुरमा स्कुलको बसको ठक्करबाट पुजारीको मृत्यु भएको छ । धनुषा जनकपुरधाम उपमहानगरपालिका वडा १ को मुसहरी टोलमा दिउँसो ४ बजे मोनाष्टिक स्कुलको बसले ठक्‍कर दिँदा पुजारीको मृत्यु भएको हो ।
धनुषा जनकपुरधाम उपमहानगरपालिका १९ बेंगाशिवपुरका ७५ वर्षीय वृद्ध पुजारीको मृत्यु भएको जिल्ल प्रहरी कार्यालय धनुषाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मोनाष्टिक माध्यमिक विद्यालयको ना १ क ३१२४ नम्बरको स्कुल बसले बाटो हिँड्दै गरेको जहरा दासलाई ठक्कर दिँदा घटनास्थलमा नै मृत्यु भएको धनुषा प्रहरीले बताएको छ ।
बस र बस चालक मनोज मिश्रलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान सुरु गरेको छ भने मृतक दासको शव परीक्षणका लागि जनकपुर प्रादेशिक अस्पतालमा राखेको धनुषा प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व क्यान्सर दिवस : 'आशाको लागि ज्योति' (तस्बिरहरु)
-
वैकल्पिक शक्ति उत्साह र स्खलन किन ?
-
ह्वाट्स एपमा ‘नेपाली गर्ल’ क्लिक गर्दा २० जनाले गुमाए ५१ लाख
-
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान : भाडामा कार्यालय, छैन अस्पताल
-
हवाई भाडा कम गर्न परिसंघको माग
-
भारतका चर्चित कलाकारले फागुन ९ गते दशरथ रंगशाला तताउने