समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा

प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार हालसम्म एक करोड पाँच लाख ६० हजार ६७ मतगणना भएको छ ।
आयोगका अनुसार नेकपा (एमाले)ले २८ लाख ४५ हजार छ सय ४१ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले २७ लाख १५ हजार दुई सय २५ मत प्राप्त गरेको छ । नेकपा (माओवादी केन्द्र)ले ११ लाख ७५ हजार छ सय ८४, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार तीन सय ४४, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८८ हजार आठ सय ४९, जनता समाजवादी पार्टीले चार लाख २१ हजार तीन सय १३, जनमत पार्टीले तीन लाख ९४ हजार छ सय पाँच तथा नेकपा (एकीकृत समाजवादी)ले दुई लाख ९८ हजार तीन सय ९१ मत प्राप्त गरेको छ ।
आयोगका अनुसार नागरिक उन्मुक्ति पार्टीले दुई लाख ७१ हजार सात सय २२, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख ६७ हजार तीन सय ६७, नेपाल मजदुर किसान पार्टीले ७५ हजार एक सय ६८, हाम्रो नेपाली पार्टीले ५५ हजार सात सय ४३, मङ्गोल नेशनल अर्गनाइजेशनले ४९ हजार र राष्ट्रिय जनमोर्चाले ४६ हजार पाँच सय चार मत प्राप्त गरेको छ ।
आयोगका अनुसार आज रातभरमा समानुपातिकतर्फको मतगणना सकिने छ । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको मतगणना यसअघि नै सम्पन्न भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कार्यतालिका
-
प्रहरीको ३० वर्षे हटाउने प्रस्ताव : घुमिफिरी रुम्जाटार
-
सरकारलाई खर्च जुटाउनै मुस्किल : अघिल्लो वर्षको १ खर्ब ८२ अर्बको टेको
-
संसद्मा उठेका प्रश्नहरूको जवाफ दिने विषयमा सत्तारुढ दलबीचमै मत बाझियो
-
कांग्रेस दुई दर्जन केन्द्रीय सदस्यबीच छलफल, देउवालाई भेटेर ध्यानाकर्षण गराउने निर्णय
-
माओवादी पदाधिकारी बैठक : गृहमन्त्री माओवादीको हुनुपर्नेमा नेताहरुको जोड