पहिलो हाफमा मोरक्को र स्पेनको गोलरहित बराबरी
मंगलबार, २० मंसिर २०७९, ०२ : ००

विश्वकप फुटबलको प्रि क्वाटरफाइनल खेलमा मोरक्को र स्पेनले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् । एजुकेसन फुटबल स्टेडियममा भइरहेको खेलमा दुवै टोलीले पाएको अवसर सदुपयोग गर्न नसक्दा पहिलो हाफमा बराबरी खेल्नु परेको हो । आजको खेलमा दुवै टोली जित निकाल्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुग्ने योजनामा छन् ।