धरानमा उषा राई हत्या प्रकरण : थप ३ जना आरोपी पक्राउ
मंगलबार, २० मंसिर २०७९, २१ : ५७

सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थित अमरघाटमा सामूहिक आक्रमणबाट ज्यान गुमाएकी उषा राईको हत्या आरोपमा प्रहरीले थप ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा २६ वर्षीया सुमित्रा राई, धरान उपमहानगरपालिका–१७ घर भएकी २९ वर्षीया सुसेली राई र ४० वर्षीया रत्ना लिम्बु छन् । यसअघि प्रहरीले अनुसन्धानका लागी उर्मिला राईलाई पक्राउ गरेको थियो ।
कुटपिट भएको ३८ दिनपछि मङ्सिर १३ मा ४२ वर्षीया उषा राईको उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । आरोपीहरू विरुद्ध ज्यान सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले रातोपाटीलाई बताए । कुटपिटमा संलग्न थप दुई जना फरार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशको फाइँदा हुनेगरी सूचना प्रविधिको प्रयोग गरौं : मुख्य सचिव बैरागी
-
नेपालको हवाई उडान र उद्योग दुवै सुरक्षित छ : वायुसेवा सञ्चालक संघ
-
विश्व क्यान्सर दिवस : 'आशाको लागि ज्योति' (तस्बिरहरु)
-
वैकल्पिक शक्ति उत्साह र स्खलन किन ?
-
ह्वाट्स एपमा ‘नेपाली गर्ल’ क्लिक गर्दा २० जनाले गुमाए ५१ लाख
-
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान : भाडामा कार्यालय, छैन अस्पताल