डाँफे र मुनाल प्रक्षेपणको तयारी
पालले डाँफे र मुनाल नामका थप दुई भूउपग्रह प्रक्षेपणको तयारी थालेको छ । पहिलो पटक ‘नेपाली स्याट–१’ भूउपग्रह २०७६ वैशाख ४ गते प्रक्षेपण गरेको थियो । सो नानो भूउपग्रह अन्तरिक्षमा ८४१ दिन रहेर खसेको थियो ।
नयाँ प्रक्षेपणको तयारीमा रहेका ‘वान यू’ एक किलोग्राम र ‘थ्री यू’ करिब तीन किलोग्राम वजनका छन् । तिनको नाम डाँफे र मुनाल राखिएको हो ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट०का प्रवक्ता डा। रवीन्द्रप्रसाद ढकालका अनुसार डाँफे र मुनाल दुईरतीन महिनाको फरकमा आगामी चैत र वैशाखमा प्रक्षेपण हुनेछन् । नेपालमा यस कार्यमा नास्ट र अन्तरिक्ष प्रतिष्ठानको सहकार्य र समन्वय रहेको छ ।
यी दुईवटा स्याटेलाइट निर्माण र उडानको नेतृत्व नास्टका डा। रवीन्द्रप्रसाद ढकाल र अन्तरिक्ष प्रतिष्ठानबाट आभास मास्केले गरेका छन् ।
थाइल्यान्डको इन्टरनेसनल इन्स्टिच्युट अफ स्पेस टेक्नोलोजी फर इकोनोमिक डेभलपमेन्ट (इन्स्टेड)सँगको सहकार्यमा तयार भइरहेको डाँफे मिसनका लागि नास्टले एक करोड रुपियाँ बजेट छुट्याएको छ ।
प्रवक्ता डा. ढकालका अनुसार प्रक्षेपणको तयारीमा रहेका दुवैको क्षमता पहिलो स्याटेलाइटको जस्तै रहने जनाइएको छ । प्रवक्ता डा. ढकालले भने, “डाँफे नास्टले नेतृत्व गर्ने मिसन हो, मुनाल विद्यार्थीले बनाएको मिसन हो । यीमध्ये पहिला डाँफे उड्छ ।”
यो मिसनको संयोजन अन्तरिक्ष प्रतिष्ठानका तर्फबाट आभास मास्केले गरे । नास्टले यस मिसनमा आर्थिक, प्राविधिक सहयोग र सहकार्य गरेको छ । “यी दुवै स्याटेलाइटमा अन्य देशको पनि लगानी रहन्छ, त्यसमा नास्टले सहयोग र सहकार्य नै गर्ने हो । यसमा हाम्रो मात्र लगानी र सहयोग हुँदैन । यसमा थाइल्यान्ड वा अन्य कुनै देशको पनि सहकार्य रहन्छ,” उनले भेने । यो समाचार गोरखापत्र दैनिकमा छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
राजधानीको चन्द्रागिरिमा सुमो दुर्घटना
-
हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन
-
जुवातास खेलिरहेको अवस्थामा ३१ जना पक्राउ
-
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ
-
लक्ष्मी सनराइज बैंकको काठमाडौं उपत्यकाभित्र २ वटा शाखा स्थानान्तरण