शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रामोस कतार विश्वकपको पहिलो ह्याट्रिककर्ता

बुधबार, २१ मङ्सिर २०७९, ०८ : २७
बुधबार, २१ मङ्सिर २०७९

स्ट्राइकर गोन्कालो रामोस कतार विश्वकप २०२२ मा पहिलो ह्याट्रिककर्ता बनेका छन् । पोचुगल २१ वर्षे युवा स्ट्राइकर जारी विश्वकपमा ह्याट्रिक गर्ने पहिलो खेलाडी हुन् । 

बेन्फिकाबाट व्यवसायीक फुटबल खेलिरहेका रामोसको यो पहिलो विश्वकप हो । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई विस्थापित गर्दै प्लेइङ सेटमा स्थान बनाएका रामोसले ७४ मिनेट मैदानमा रहँदा तीन गोल गरेका थिए ।  

बुधबार राति युरोपेली प्रतिद्धन्द्धी स्विट्जरल्यान्डलाई ६–१ ले पराजित गर्दै पोर्चुगल कतार अन्तिम आठमा प्रवेश गरेको छ । दोहास्थित लुसेल आइकोनिक रंगशालामा रामोसले ह्याट्रिक गर्दा पेपे, राफेल गुइमारेज र राफयल लिआओले एक एक गोल गरेका थिए । 

रामोसले १७ औं मिनेटमा जोआवो फेलिक्सको पासमा पहिलो गोल गरेका थिए । रामोसले डिएगो डालोटको पासमा दोस्रो व्यक्तिगत गोल ५१ औं मिनेटमा गरे । रामोसले ६७ औं मिनेटमा ह्याट्रिक पूरा गरे । 

रसिया विश्वकप २०१८ मा दुई ह्याट्रिक भएका थिए । पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र इंग्ल्यान्डका ह्यारी केनले ह्याट्रिक पूरा गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप