शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘प्लस साइज मोडल नेपाल’ को चौथो संस्करण सुरु

बुधबार, २१ मङ्सिर २०७९, १० : ०२
बुधबार, २१ मङ्सिर २०७९

मोटी युवतीहरु लक्षित मोडलिङ सौन्दर्य प्रतियोगिता ‘प्लस साईज मोडल नेपाल’ को चौथो संस्करण सुरु भएको छ । आयोजक मोडल संघ नेपालले एक विज्ञप्ति जारी गर्दै प्रतियोगीताको आवेदन खुल्ला भएको जनाएको हो ।

१६ देखि ४० बर्षसम्मका विवाहित तथा अविवाहित दुवै समूहका युवतीले भाग लिन सक्ने प्रतियोगितामा ५५ केजी भन्दा माथि तौल भएको र स्पष्ट मोटोपना देखिएको हुनुपर्ने प्रावधान आयोजकले राखेको छ । 

मोटोपनाका कारण हिनताबोध भएका युवतीहरुलाई प्रोत्साहन गर्ने तथा उनीहरूको क्षमता अभिवृद्धि गर्दै समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले आयोजना गरिएको ‘प्लस साइज मोडल नेपाल’को कोरियोग्राफी  चर्चित फेसन कोरियोग्राफर रोजिन शाक्यले गर्दैछन् ।

चौथो संस्करणसम्म आइपुग्दा प्रतियोगिताले प्लस साइज युवती-महिलाहरुलाई उत्कृष्ट प्रशिक्षण प्रदान गरि दर्जनौ व्यावसायिक मोडल उत्पादन गर्न सफल भएको आयोजक संस्था मोडल संघ नेपालका प्रमुख डेविल सिंह राजपुतले बताए ।

प्रतियोगीतामा प्रारम्भिक अडिसनबाट छानिएका प्रतियोगीलाई अन्तिम प्रतिस्पर्धाका लागि र्याम्प, व्यक्तित्व विकास, सञ्चार कला, फोटोसेसन, स्टेज पफर्मेन्स, पब्लिक स्पिकिङ लगायत विभिन्न विषयमा दक्ष प्रशिक्षकको प्रशिक्षण सहित फाइनमा स्पर्धामा उतारिनेछन् । प्रतियोगीताका विजेताले अन्तर्राष्ट्रिय प्रतियोगीतामा सहभागीको अवसरको अलवा विभिन्न उपहार हात पार्न सक्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप