बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ मुख्यमन्त्रीका आकांक्षी आङ्बोद्वारा आफ्ना सात प्राथमिकता सार्वजनिक

बुधबार, २१ मङ्सिर २०७९, ११ : ०३
बुधबार, २१ मङ्सिर २०७९

प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री तथा मुख्यमन्त्रीका आकांक्षी इन्द्रबहादुर आङ्बोले आगामी ५ वर्षका लागि प्रदेश १ का सात प्राथमिकता सार्वजनिक गरेका छन् ।  सामाजिक संजाल फेसबुकमा आफ्ना प्राथमिकतामा शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएका छन् ।

विगत ५ वर्षको प्रदेश सरकार र प्रदेशसभामा रहँदा प्राप्त ज्ञान, अनुभव र यसपालि निर्वाचनमा मतदाता र नागरिकको मनोवृत्ति र मनोविज्ञानको आधारमा आगामी ५ वर्षको प्राथमिकता निर्धारण गरेको उनले बताएका छन् । 

प्राथमिकताको १ नम्बरमा उनले सामुदायिक शिक्षामा व्यापक सुधार, शैक्षिक पूर्वाधारको विकास, गुणस्तरीय र प्राविधिक शिक्षामा जोड दिएका छन् । यस्तै सरकारी अस्पतालको पूर्वाधार र सेवामा गुणात्मक सुधार, निःशुल्क आधारभुत स्वास्थ्य सेवा र सहज विशेषज्ञ चिकित्सा सेवा र उपचारमा नागरिकको सहज पहुँच पुर्याउने पनि बताएका छन् । 

यस्तै वितरणमुखी र पहुँचमुखी बजेटलाई निरुत्साहित गर्दै दिगो, उत्पादन र सेवा केन्द्रित पूर्वाधार निर्माण, उत्पादन (कृषि, उद्योग, निर्माण, वन, पर्यटन लगायत) मा जोड र व्यापक रोजगारी सिर्जना, सार्वजनिक सेवा प्रवाह र कर्मचारीतन्त्रमा देखिएको ढिलासुस्ती नोकरशाहीपन र औपचारिकतावाद जस्ता प्रवृत्तिको अन्त्य र सार्वजनिक सेवामा व्यापक सुधार तथा भ्रष्टाचार शून्य सहनसिलताको नीति र सुशासनको प्रत्याभूति दिने उनले प्राथमिकता निर्धारण गरेका छन् । आफ्ना प्राथमिकताको विषयमा रचनात्मक राय र सुझाव दिन पनि सबैलाई उनले अपिल गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप