शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सिद्धार्थ बैंकको लाभांश घोषणा

बुधबार, २१ मङ्सिर २०७९, ११ : ०६
बुधबार, २१ मङ्सिर २०७९

सिद्धार्थ बैंकले लाभांश घोषणा गरेको छ  । बैँकले २०७८–०७९ वर्षको मुनाफाबाट १३.१६ लाभांश दिने भएको छ । मंगलबार बसेको सञ्चालक समिति बैठकले १२.५० बोनस सेयर र कर प्रयोजनका लागि ०.६६ नगद गरी कुल १३.१६ लाभांश दिने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंक र सिद्धार्थ बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुने बैँकले जनाएको छ ।  १२ अर्ब ५२ करोड ४४ लाख २६ हजार रूपैयाँ बैंकले हाल कायम चुक्ता पुँजीमा उक्त लाभांश प्रस्ताव गरेको हो ।

बैंकले १४.२५ बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ नगद लाभांश  अघिल्लो वर्ष वितरण गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप