बुधबार, २५ माघ २०७९
ताजा लोकप्रिय

निर्देशनमा डेब्यु गर्दै शाहरुखका छोरा आर्यन, प्रोजेक्ट लेखन सकिएको घोषणा

बुधबार, २१ मंसिर २०७९, १२ : ४२
बुधबार, २१ मंसिर २०७९

बलिउडका बादशाह शाहरुख खानका छोरा आर्यन खान निर्देशनमा डेब्यु गर्दैछन् । उनले आफ्नो पहिलो प्रोजेक्ट घोषणा गरेका छन् । सामाजिक संजाल मार्फत उनले आफ्नो प्रोजेक्टको लेखन कार्य पुरा भएको समेत जानकारी दिएका छन् । जसको लेखन उनी आफैले गरेका हुन् । 

उनले सामाजिक संजलामा लेखका छन्, ‘लेखन लगभग  सकिएको छ । सुटिङ सुरु गर्न अव पर्खिन सक्दिन ।’ उनले रेड प्रोडक्शनको ब्यानरमा काम गर्न लागेका हुन् । उनले फिल्म वा वेव सिरिज के गर्न लागेको भने खुलाएको छैनन् ।

आर्यनले प्रोजेक्ट सुरु गर्ने कुराले उनका फ्यान खुसी छाएको छ । सामाजिक संजालमा उनका एक फ्यानले लेखका छन् ‘तपाईको काम हेर्न प्रतीक्षामा छु ।’ त्यस्तै केही फ्यानले करियर र प्रोजेक्ट दुबै सुरुवातका शुभकामना दिएका छन् ।
दैनिक भास्कर 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप