बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चोलेन्द्रको सर्वोच्च प्रवेश रोक्न कानुन व्यवसायीहरू धर्नामा (फोटो)

बुधबार, २१ मङ्सिर २०७९, १४ : १५
बुधबार, २१ मङ्सिर २०७९

संघीय संसद् सचिवालयले महाभियोग निष्प्रभावी भएको पत्र दिएसँगै सर्वोच्च अदालत आउन लागेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल बारले प्रवेशमा अवरोध गर्ने भएको छ । 

नेपाल बार एसोसिएसनका महासचिव अञ्जिता खनालका अनुसार संसद् सचिवालयको पत्र असंवैधानिक रहेको कारण जबरालाई सर्वोच्चमा प्रवेश गर्न नदिन आन्दोलन गर्न लागिएको छ । सर्वोच्च अदालतको गेटमै बसेर धर्ना दिने र प्रवेशमा अवरोध गर्ने तयारी रहेको खनालले बताइन् । सर्वोच्चको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप