पाल्पामा धान उत्पादनमा वृद्धि

पाल्पामा यस वर्ष धान उत्पादन बढेको छ । यो वर्ष धानखेती गर्ने क्षेत्रफल बढेकाले धान उत्पादन बढेको हो ।
अघिल्लो वर्ष ८ हजार २०६ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा यो वर्ष बढेर ८ हजार २१० हेक्टर पुगेको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ । धान लगाउने क्षेत्रफल बढेका कारण यो वर्ष धान उत्पादन गत वर्षको तुलनामा बढेको ज्ञान केन्द्र पाल्पाका सूचना अधिकारी मिलन गैरेले जानकारी दिए । उनका अनुसार गत वर्षभन्दा यो वर्ष दुई प्रतिशतले उत्पादनमा बृद्धि भएको छ ।
गत वर्ष ३१ हजार ४२८ मेट्रिकटन धान उत्पादन भएकोमा यो वर्ष बढेर ३२ हजार १९ मेट्रिकटन पुगेको उनले जानकारी दिए । विभिन्न रोगका कारण यो वर्ष धान उत्पादन घट्ने अनुमान गरिएपनि उत्पादन नघटेको उनले बताए । धान लगाउने क्षेत्र बढेका कारण र धान स्याहार्ने बेलामा रोगको आक्रमणले क्षति कम गरेकाले उत्पादन सामान्य बढेको ज्ञान केन्द्रकी प्रमुख कामना अधिकारीले बताइन् ।
पाल्पामा साँवा मन्सुली, युएस–३१२, शान्ति, खुमल, सिरिज, खुमल–३, सुख्खा धान, सावित्री तथा स्थानीय जातको धान खेती हुँदै आएको छ । पछिल्लो समय उन्नत तथा हाइब्रिड जातका धान लगाउने क्रम बढेकाले पनि धान उत्पादनमा बृद्धि हुँदै आएको छ । यद्दपी समयमै पानी नपर्ने, धान स्याहार्ने बेलामा रोग लाग्ने, समयमै मल तथा बिउ नपाउने समस्याले पाल्पाका किसानले सोचे अनुसारको उत्पादन बढाउन सकेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान बैठक : सन्दीपको निलम्बन फिर्ता गर्ने तयारी
-
अस्थायी प्रकृतिका शिक्षक नियुक्त गर्दा पैसा दिनुपर्ने विषयमा छानबिन गर्न निर्देशन
-
अस्ट्रेलियामा कार्यरत नेपाली नर्सले वृद्ध बिरामीहरुलाई थप्पड हानेको स्वीकार
-
महाकाली नदीमा फसेका मजदुरको उद्धार
-
खोप अभियान लक्षित समूहसम्म पुर्याउन आवश्यक : मन्त्री गिरी
-
काठमाडौंका मेयर र गभर्नर अधिकारीबीच भेटवार्ता