सिटी एक्सप्रेसद्वारा उपहार हस्तान्तरण
सिटी एक्सप्रेस मनी ट्रान्सफरले “विदेशबाट सिटी आयो, दशैँ तिहारलाई गोल्डेन बनायो” योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न गरेका छ । काठमाडौंस्थित होटल अलफ्टमा आयोजित एक कार्यक्रममार्फत मेगा बम्पर उपहार विजेतालगायतलाई उपहार हस्तान्तरण गरिएको हो ।
साउदी अरबबाट रेमिटान्स पठाउने जीवन रायमाझीलाई ५ तोला सुन, युकेबाट रेमिटान्स पठाउने नुना गुरुङलाई १ तोला सुन, कोरियाबाट रेमिटान्स पठाउने रीना कुमारी तामाङलाई १ तोला सुन प्रदान गरिएको छ ।
यस्तै मलेशियाबाट रेमिटान्स पठाउने पुरण रोकालाई १० तोला चाँदी , जापानबाट रेमिटान्स पठाउने रवीन्द्र मानन्धरलाई १० तोला चाँदी र कुवेतबाट रेमिटान्स पठाउने सुनिता दराईलाई १० तोला चाँदी हस्तान्तरण गरिएको छ ।
उक्त कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका साझेदार साउदीस्थित टेलिमनी बैंकका प्रमुख खालेद अल ब्राहिम, नायिका पूजा शर्मा, नेपाल इन्भेस्ट्मेन्ट बैंकका उपमहाप्रबन्धक बिजेन्द्र सुवालको उपस्थिति रहेको थियो ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसँग पर्वको खुशी साट्न लगातार ६३ दिन सम्म चल्ने “विदेशबाट सिटी आयो, दशैँ तिहारलाई गोल्डेन बनायो” उपहार योजना घोषणा गरेको थियो ।
सोही योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई १ तोला सुन, हरेक हप्ता १ जनालाई १० तोला चाँदी साथै ६३ दिन लगातार हरेक दिन १६ जना विजेताहरुलाई आकर्षक गिफ्ट ह्याम्पर र अन्त्यमा एक जना भाज्ञशाली मेगा बम्पर बिजेतालाई ५ तोला सुन उपहार प्रदान गरिने योजनामा रहेको थियो । जसअन्तर्गत १००८ जनाले दैनिक उपहार (आकर्षक गिफ्ट ह्याम्पर) , ९ जनाले साप्ताहिक उपहार (१०÷१० तोला चाँंदी) र २ जनाले मासिक उपहार (१÷ १ तोला सुन ) जित्न सफल भएका छन् । उक्त योजना भदौ १५ देखि कार्तिक १५ गते सम्म चलेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यामलाल कँडेल भन्छन् : सरकार कर्णालीको भयो, मानसिकता वडा बनाउने भयो
-
भोलि राष्ट्रियसभा उपाध्यक्षका लागि मनोनयन दर्ता
-
सांसद अरुण चौधरीविरुद्ध जिल्ला अदालतको फैसला बदरको माग राख्दै पुनरावेदनको तयारी
-
कांग्रेसबाट पन्त र गुरुङमध्ये एक राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार बन्ने
-
पोखरा विमानस्थल : यस्तो छ भन्सार सीमाना
-
सिंगो देश हाम्रो मुद्दाको वरिपरि छ : प्रधानमन्त्री प्रचण्ड