विहीबार, १९ माघ २०७९
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘जोगिन्दर’ र ‘मुलासाग’ले हँसाए दर्शक

बुधबार, २१ मंसिर २०७९, १५ : ०८
बुधबार, २१ मंसिर २०७९

हाँस्य कलाकार शिव शंकर रिजाल ‘जोगिन्दर’ र सुरेन्द्र केसी ‘मुलासाग’ ले नारायणघाटवासी दर्शक हँसाएका छन् । उनले मंगलबार नारायणघाटमा आयोजित ‘गोल्डेन वक कमेडी’ कार्यक्रममा आफ्ना विभिन्न समसामाहिक कमेडीका प्रस्तुति मार्फत दर्शक हँसाएका हुन् ।

ग्लोबल होटलमा साँझ आयोजित कार्यक्रममा रिजाल र केसीले सिंगल तथा जोडीका रुपमा समेत विभिन्न कमेडी पस्किएका थिए । उनीहरुको कमेडीका प्रस्तुतिले दर्शकलाई  पेटमिचिमिचि हास्य बाध्य तुल्याएको थियो । कार्यक्रममा चर्चित कलाकार जितु नेपालले स्ट्याण्डअप कमेडी मार्फत दर्शक हँसाउँदा निरज नेपालले कमेडी नृत्य मार्फत दर्शक नचाउन सफल भए । सोही अवसरमा कलाकार सुमन कार्कीले पनि जोडदार कमेडी प्रस्तुत गरेका थिए ।

कार्यक्रममा गायिका मिलन नेवारले भने आफ्ना चर्चित केही गीत राखेकी थिइन् । ‘गाला रातै, गाला रातै’ गीतबाट आफ्नो सांगीतिक प्रस्तुति सुरु गरेकी मिलनले त्यसपछि ‘फुलबुट्टे सारी’ लगायत करिव आधा दर्जन लोकप्रिय गीत प्रस्तुत गरेकी थिइन् । मिलनको हरेक गीतमा दर्शक नाच्दै र झुम्दै सिटी र तालीले साथ दिएका थिए । उनले ‘गाला रातै, गाला रातै’ र ‘फुलबुट्टे सारी’ गाउदा दर्शक दिर्घबाट वान्स मोरको हुटिङ समेत आएको थियो ।

गत १५ गते गाईघाटबाट सुरु भएको ‘गोल्डेन वक कमेडी’ मलंगवा, वीरगञ्ज, चन्द्रनिगाहापुर, टाढी, गाइघाट हुँदै नारायणघाटमा आएर सकिएको थियो ।

केही वर्ष अगाडि आयोजित ‘गोल्डेन वक कमेडी’ कार्यक्रमको यो दोस्रो सिजन हो । दर्शकलाई मनोरञ्जन दिने उद्देश्यले आयोजित ‘गोल्डेन वक कमेडी’ शो युटन नेपालले आयोजना गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप