बुटवलमा अक्सिजन सुविधासहितका दुई वटा स्वास्थ्य केन्द्र बन्दै
बुटवलमा अक्सिजन सुविधासहितका दुई वटा स्वास्थ्य केन्द्र बन्ने भएका छन् । बुटवल उपमहानगरपालिका वडा नं १३ र १७ मा १६–१६ शैयाका अक्सिजन सुविधासहितका स्वास्थ्य केन्द्र बनाउन थालिएको हो ।
एसियाली विकास बैंकमार्फत जापान सरकारको अनुदानमा प्रति भवन १ करोड ५७ लाख लागत लाग्ने र ६ देखि ८ महिनाभित्रमा निर्माण सम्पन्न भएर हस्तान्तरण हुने बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले बताए ।
स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि यही मंसिर ९ मा टेण्डर स्वीकृत भएर निर्माणको प्रक्रिया अघि बढ्ने चरणमा रहेको पाण्डेले बताए । कोभिड १९ महामारी र महामारीजन्य विपद् व्यवस्थापनमा समेत सहयोग हुने गरी निर्माण हुने अक्सिजन सिलिण्डरसहितका बहुद्देश्यीय स्वास्थ्य केन्द्र भवनको छिटै नै शिलान्यास गरिने उनले बताए ।
स्वास्थ्य केन्द्रमा नर्स प्यारामेडिक्ससहितका स्वास्थ्यकर्मीहरु रहने र सामान्यदेखि अक्सिजन दिएर उपचार गर्नेसम्मका उपचार हुने जनस्वास्थ्य शाखा प्रमुख पाण्डेले बताए । ३–३ कठ्ठा जग्गामा बन्ने स्वास्थ्य केन्द्रमा भवन निर्माणको काम छिट्टै सुरु हुने गरी प्रक्रिया अघि बढेको मझौला तथा साना शहरहरुमा खानेपानी, सरसफाइ, स्वच्छता र स्वास्थ्य पहलहरू मार्फत कोभिड १९ को रोकथाम र नियन्त्रण आयोजनाका कार्यक्रम संयोजक हरिप्रसाद शर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परम्परागत पहिरनमा विद्यालय सञ्चालन गर्न म्यागङ गाउँपालिकाको निर्देशन
-
क्यान बैठक : सन्दीपको निलम्बन फिर्ता गर्ने तयारी
-
अस्थायी प्रकृतिका शिक्षक नियुक्त गर्दा पैसा दिनुपर्ने विषयमा छानबिन गर्न निर्देशन
-
अस्ट्रेलियामा कार्यरत नेपाली नर्सले वृद्ध बिरामीहरुलाई थप्पड हानेको स्वीकार
-
महाकाली नदीमा फसेका मजदुरको उद्धार
-
खोप अभियान लक्षित समूहसम्म पुर्याउन आवश्यक : मन्त्री गिरी