बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सर्वोच्चमा तनाव : चोलेन्द्रको समर्थन गर्ने महिला पक्राउ

बुधबार, २१ मङ्सिर २०७९, १५ : ३१
बुधबार, २१ मङ्सिर २०७९

आफूमाथि लागेको महाभियोगको प्रस्ताव निष्प्रभावी भएको पत्र बुझेसँगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत फर्कने तयारी गरेका छन् । 

जबरा सर्वोच्च प्रवेश गर्ने तयारी गरेपछि यतिबेला अदालत परिसरमा तनाव सिर्जना भएको छ । नेपाल बार एसोसिएसनले जबराको प्रवेशलाई रोक्न धर्ना दिने भएको छ । बारले जबरलाई अवरोध गर्ने तयारी गरेपछि जबराका समर्थकहरु पनि अदालत पुगेका छन् ।

जबरालाई अदालतमा प्रवेश दिनुपर्छ भन्दै सर्वोच्च पुगेकी तारा बराललाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार सम्भावित तनावलाई रोक्न बराललाई नियन्त्रणमा लिइएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप