कोका–कोला फाउन्डेसनको सहयोगमा शिक्षण अस्पतालमा अक्सिजन प्लान्ट स्थापना
कोका–कोला फाउन्डेसनको आर्थिक सहयोगमा क्रिएसनले महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियो–थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा अक्सिजन प्लान्ट स्थापना गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईं, शिक्षण अस्पतालका निर्देशक दिनेश काफ्ले, मनमोहन अस्पतालका कार्यकारी निर्देशक उत्तमकृष्ण श्रेष्ठ, नेपाल र भुटानका लागि कोका–कोलाका कन्ट्री डाइरेक्टर आदर्श अवस्थी, भारत र दक्षिण पश्चिम एसियाका लागि सस्टेनिबिलिटी र सिएस्आर डिरेक्टर राजेश अयापिल्ला, क्रिएसनका संस्थापक तथा अध्यक्ष आनन्द मिश्र र कोका–कोला बोटलर्स नेपाल लिमिटेडका वरिष्ठ प्रतिनिधिहरूको उपस्थितिमा हस्तान्तरण समारोह सम्पन्न भएको हो ।
एक पटकमा ५० जनासम्म बिरामीलाई सेवा दिन सकिने अक्सिजन प्लान्टबाट प्रति सेकेन्ड २४० लिटर अक्सिजन उत्पादन गर्न सकिने जनाइएको छ ।
अक्सिजन प्लान्ट स्थापनाको लागि क्रिएसन र कोका–कोला फाउन्डेसनलाई धन्यवाद ज्ञापन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देव कुमारी गुरागाईंले भने, “कोभिड महामारीले हामीलाई स्वास्थ्यजन्य विपतहरुबाट बच्न सदैव तयारी अवस्थामा रहनुपर्छ भन्ने कुराको महसुस गराएको छ । स्वास्थ्य सेवा क्षेत्रमा यस्तो सक्रिय संघ–संस्थाहरूकोे सहयोग पाउँदा हामी निकै खुसी छौँ ।”
त्यस्तै स्वास्थ्य सेवाको महत्वलाई आत्मसात गर्दै सेवाविहीन समुदायलाई सहयोग प्रदान गर्ने उद्देश्यले अक्सिजन प्लान्ट स्थापना गरिएको कोका–कोला फाउन्डेसनले जनाएको छ । कोका–कोला फाउन्डेसनको यो सहयोगले स्वास्थ्य क्षेत्रमा भएको संकटलाई सम्बोधन गरि पूर्वाधारलाई बलियो बनाउन ठूलो मद्दत गर्ने मनमोहन अस्पतालले जनाएको छ ।
क्रिएसनका संस्थापक र अध्यक्ष आनन्द मिश्रले भने, “अक्सिजन चाहिने बिरामीहरुलाई यसरी अक्सिजन प्लान्ट प्रदान गर्न पाउँदा हामीलाई खुशी लागेको छ । यसले अस्पतालमा भएको अक्सिजनको कमीलाई धेरै हदसम्म समाधान गर्ने आशा गर्दछौँ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री पद गएको हप्ता दिन पुग्दा समेत रविले मन्त्री क्वाटर छाडेनन्
-
संविधानको मूल्य र मान्यता विपरित फेरि टिप्पणी गरे स्वीकार्य हुँदैन : सांसद बस्नेत
-
अध्यक्ष ओलीसँग बेलायती राजदूत काथ्रिनको भेटवार्ता
-
विदेशमा रहेका नागरिकलाई भोट हाल्न दिने सुविधा व्यवहारिक रुपमा लागू हुन सकेन : महान्यायाधिवक्ता पोखरेल
-
नेप्सेमा ४ अंकको वृद्धि, कारोबार १ अर्बमा झर्यो
-
अभिनेत्री जेविकाले गरिन् इन्गेजमेन्ट