सर्वोच्चमा तनाव हुँदा राणा निवास सुनसान (तस्बिरमा हेर्नुस्)
नयाँ निर्वाचन सम्पन्न भएर मत परिणाम आएसँगै निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाभियोग निष्प्रभावी भएको भन्दै संघीय संसदका महासचिव भरतराज पौडेलले दिएको क्लिन चिट विवादमा परेको छ ।
संसदको क्षेत्राधिकार मिचेर महासचिव पौडेलले राणालाई पत्र दिएको भन्दै चौतर्फी विरोध भइरहेको छ । विभिन्न राजनीतिक दलका नेता, कानुन व्यवसायी, पूर्व न्यायाधीश लगायतले गौतमले संविधानको व्यवस्था नै उल्लंघन गरेर अनाधिकृत रुपमा जबरालाई पत्र दिएको बताएका छन् ।
संसद सचिवालयले जबरालाई क्लिन चिट दिएपछि जबरा आजै सर्वोच्च जाने तयारीमा रहेका थिए । तर जबरालाई सर्वोच्च छिर्न नदिन कानुन व्यवसायीहरूले सर्वोच्चमा बुधबार धर्ना दिएभने प्रधानन्यायाधीश राणाको सरकारी निवास बालुवाटारमा अरू बेलाजस्तै सुनसान देखिन्थ्यो । सचिवालयको पत्रपछि सर्वोच्चमा भीडभाड भए पनि प्रधानन्यायाधीश निवासमा भने सुनसान देखिएको हो । तस्बिर : सुवास श्रेष्ठ/रातोपाटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्वाट्सएपमा आउँदैछ ठुलो अपडेट, इन्टरनेट बिनै पठाउन सकिनेछ फोटो र फाइल
-
उत्तर कोरियाद्वारा परमाणु हमलाको प्रत्याक्रमण अभ्यास
-
कतारका राजाको नेपाल भ्रमण : कहाँ–कहाँ हुन्छ सडक अवरुद्ध ?
-
‘पढेलेखेकाहरूले देश बिगारे’ भन्ने भाष्य निर्माण भएकोले पढ्ने संस्कृतिको विकास हुन सकेन : सीके राउत
-
सूर्यज्योतिले मनायो आफ्नो १६ औँ वार्षिकोत्सव
-
नेपालले विश्व व्यापारमा अपेक्षित लाभ लिन सकेन : मन्त्री भण्डारी