हाजार्डद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

बेल्जियमका स्टार इडन हाजार्डले बुधबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । विश्वकपबाट बेल्जियम समूह चरणबाटै बाहिरिएपछि ३१ वर्षीय खेलाडीले सन्यासको घोषणा गरेका हुन् ।
‘आज म एउटा पाना पल्ट्याउँदैछु । तपाईंको मायाका लागि धन्यवाद,’ उनले सामाजिक सञ्जाल इन्सटाग्राममा लेखेका छन्, ‘तपाईंको समर्थनका लागि धन्यवाद । सन् २००८ ले हामीले बाँडेका सुन्दर पलहरूका लागि धन्यवाद ।’
बेल्जियमको ‘गोल्डन जेनरेसन’ का सदस्य रहेका हाजार्डले बेल्जियमका लागि १२६ खेलमा ३३ गोल गरेका छन् । सन् २०१८ मा रुसमा आयोजना भएको विश्वकपमा बेल्जियन टोली सेमिफाइनलसम्म पुगेको थियो । तर, जारी विश्वकपमा भने समूह एफमा मोरक्को र क्रोएसियासँग पछि पर्दै टोली तेस्रो स्थानमा सीमित हुँदै समूह चरणबाटै बाहिरिएको थियो ।
‘आज मैले आफ्नो अन्तर्राष्ट्रिय करियरलाई अन्त्य गर्ने निर्णय गरेको छु । नयाँ पीढी तयार छ । म सबैलाई मिस गर्नेछु ।’
हाजार्ड हाल ला लिगामा रियल मड्रिडसँग आबद्ध रहेका छन् । यसअघि चेल्सीमा रहेका उनले ३५२ खेल खेल्दै ११० गोल गरेका थिए । उनी सन् २०१२ मा लिलबाट चेल्सी पुगेका थिए । चेल्सीमा सात सिजन रहँदा उनले प्रिमियर लिग र युरोपा लिगका साथै एफएकप र लिग कपको उपाधि जितेका थिए । उनी चेल्सीका वर्ष खेलाडी चारपटक चुनिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघीयतामाथि प्रश्न गरेर द्वन्द्व ननिम्त्याऔँ : महासचिव गौतम
-
के नेपालमा अमेरिकामा जस्तै साइबर हमला भएको हो ?
-
माग सम्बोधन नभएसम्म नागरिक उन्मुक्ति कुनै पनि सरकारमा सहभागी नहुने
-
पूर्वी युक्रेनमा रुसी आक्रमण, ३ जनाको मृत्यु
-
श्रीलङ्काको अर्थतन्त्र २०२४ सम्ममा सुधार हुन्छ : राष्ट्रपति विक्रमासिङ्घे
-
इरानमा दुई दिनमा तीन सडक दुर्घटना, ९ जनाको मृत्यु