बसबाट ३९ केजी गाँजा बरामद
बुधबार, २१ मंसिर २०७९, १७ : ३८

कञ्चनरूप नगरपालिकामा बुधबार बिहान ३९ केजी गाँजा फेला परेको छ । विराटनगरबाट नारायणघाट जाँदै गरेको ना ५ ख १५६१ नम्बरको अग्नी यातायातको बसमा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
नामथर नखुलेका एक व्यक्ति नारायणघाट जान्छु भन्दै कालो रंगको लगेज लिएर सुनसरीको दुहबीमा चढेको र इटहरीबाट कोही कसैलाई जानकारी नै नदिई लगेज छोडि बेपत्ता भएपछि लगेजमाथि शंका लागेर बस चालकले प्रहरीलाई खबर गरेको थियो । बस खानतलासी गर्दा गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी रामकुमार यादवले बताए ।
उक्त जानकारी प्राप्त गर्न साथ इलाका प्रहरी कार्यालय ठेलिया र इलाका प्रहरी कार्यालय कन्चनरूपको प्रहरी टोलीले लगेजको लक तोडेर खोल्दा चार पोका गाजा फेला परेको डीएसपी यादवको भनाइ छ । –न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले २ अर्ब रुपैयाँ बढायो नेपाललाई दिने आर्थिक सहायता
-
बुटवलमा उपमहानगरहरूको राष्ट्रिय सम्मेलन हुने
-
बागमती प्रदेशसभा बैठक २२ गते बस्ने
-
१ देखि ५ कक्षासम्मका पाठ्यपुस्तक छाप्न किन दिइँदैछ निजीलाई जिम्मा ?
-
यस्तो हुनेछ परराष्ट्रमन्त्री पौड्यालको श्रीलंका भ्रमणको कार्यतालिका
-
संसद् भवन परिसरमा शक्तिबहादुर बस्नेत