विद्युत् सर्ट भई आगलागी हुँदा १८ लाख बढीको क्षति

शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरका तारासिंह महराको घरमा आज आगलागी हुँदा रु १८ लाख बढीको क्षति भएको छ । विद्युत् सर्ट भई घरमा आगलागी भएको हो । आगलागीबाट रु चार लाख ५० हजार नगद, सात तोला सुनका गहना, दुई वटा कम्प्युटर, प्रिन्टर, महत्वपूर्ण कागजपत्र, लुगाकपडा, फर्निचर, खटियालगायत जलेर नोक्सानी भएको पीडितका दाजु धनसिंह महराले बताए ।
“बसको किस्ता तिर्नका लागि राखेको नगद रु चार लाख ५० हजार रकम घरमा आगलागी हुँदा जल्यो”, उनले भने– “गहनासहित लगाउने बिछ्याउने, ओढ्ने कपडा सबै जलेर नोक्सानी भएको छ ।” घरमा आगलागी भएको खबर पाएपछि स्थानीयवासीले नजिकैको खानेपानीको पाइपबाट पानी ल्याई आगो निभाएका छन् ।
महरा परिवारको घरमा आगलागी हुँदा निकै ठूलो क्षति भएको वडाध्यक्ष उत्तरदेव भट्टले बताए । घरमा आगलागी भई कति क्षति भयो भन्नेबारे प्रहरीले मुचुल्का तयार गर्ने कार्य भइरहेको उनले बताए । आगलागी भएको खबर पाइएपछि समयमै नियन्त्रण गरिँदा पूरै घर आगलागी हुनबाट जोगिएको उनको भनाइ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आमालाई बन्चरोले हिर्काएर हत्या गरेको आरोपमा छोरा पक्राउ
-
भारतले घटायो नेपालका लागि बजेट, आर्थिक वर्षका लागि साढे ५ अर्ब दिने घोषणा
-
भ्रष्टाचार गरेको आरोप लगाउँदै अभिभावक र विद्यार्थीले दले प्रधानाध्यापकलाई कालोमोसो
-
अदालतमा प्रतिकुल बकपत्र गरेको आरोपमा साक्षीविरुद्ध मुद्दा दायर
-
बिम्स्टेक राष्ट्रमा साझा सडक सञ्जाल बनाउन भारतीय पक्षलाई चेम्बरको प्रस्ताव
-
३० जना प्रहरीले लिए विपद व्यवस्थापन आधारभूत तालिम