चीन र जापानबीच थप सहकार्यको आवश्यकता छ : चिनियाँ विदेशमन्त्री वाङ
चीनको राज्य परिषद्का सदस्य एवम् विदेशमन्त्री वाङ यीले नयाँ युगको आवश्यकता पूरा गर्ने द्विपक्षीय सम्बन्ध निर्माणका निम्ति चीन र जापानले सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य समेत रहेका वाङले १८ औँ बेइजिङ–टोक्यो फोरमको उद्घाटन समारोहमा भिडियो सम्बोधन गर्दै एसियाको विकास र पुनरुत्थानका लागि दुवै देशले संयुक्तरुपमा मिलेर काम गर्नुपर्ने बुधबार बताए ।
यो वर्ष चीन–जापान कूटनीतिक सम्बन्ध कायम भएको ५० औँ तथा आगामी वर्ष चीन–जापान शान्ति तथा मैत्री सन्धिमा हस्ताक्षर भएको ४५ औँ वर्षमा प्रवेश गर्ने सन्दर्भमा विदेशमन्त्री वाङले दुवै पक्षले यी वार्षिकोत्सवका अवसरलाई द्विपक्षीय सम्बन्ध अझ दिगो र स्थिर बनाउन सदुपयोग गर्नुपर्ने बताए । उनले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन पाँच बुँदे सुझाव पनि प्रस्तुत गरे ।
चीन र जापानले एकअर्कालाई विश्वासका साथ सम्मान गर्दै राजनीतिक प्रतिबद्धतामा अडिग रहनुपर्नेमा चिनियाँ विदेशमन्त्रीले जोड दिए । उनले द्विपक्षीय सम्बन्ध राजनीतिक आधारशिलामा टिकेको इतिहासतर्फ इङ्गित गर्दै ताइवानलगायत प्रमुख एवम् संवेदनशील मुद्दालाई विशेष रूपमा सम्हाल्नुपर्ने बताए । चीन र जापानले पनि एक अर्कालाई सहयोग गर्नु आवश्यक भएको उनको कथन थियो ।
चीनले गुणस्तरीय विकासलाई प्रवर्द्धन, खुलापन विस्तार र विकासको नयाँ ढाँचालाई बढावा दिने बताउँदै चीनको साझा विकास र समृद्धिका प्रयासले ल्याएका अवसर साझा गर्न जापानलाई स्वागत गरे । विदेशमन्त्री वाङले दुई पक्षले एक अर्कालाई इमानदारीपूर्वक व्यवहार गर्नुपर्ने तथा शान्तिपूर्ण सह अस्तित्वका लागि प्रयास गर्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न महासचिव ‘विप्लव’ बालुवाटारमा
-
उमेश श्रेष्ठको पाँच पन्ने निवेदन : रवि उम्मेदवार नभएपछि मलाई निर्वाचित भएको घोषित गरियोस्
-
रास्वपा सरकारबाट बाहिरिएसँगै पाँच मन्त्रालय मन्त्रीविहीन बन्यो
-
बागमती प्रदेशसभा : १६ सदस्यीय कार्य व्यवस्था परामर्श समिति गठन
-
परवेज मुशर्रफ : सेना प्रमुख देखि सैन्य ‘कू’ र पछि पाकिस्तान छोड्नेसम्मको यात्रा
-
अभिनयमा ब्यस्त बन्दै मिस पबी !