शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

वर्तमान हवाई नीति नै हवाई क्षेत्रको बाधकः महानिर्देशक अधिकारी

बुधबार, २१ मङ्सिर २०७९, १९ : २०
बुधबार, २१ मङ्सिर २०७९

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई. प्रदीप अधिकारीले वर्तमान हवाई नीति नै हवाई क्षेत्रको बाधक भएको बताएका छन् । 
बुधवार अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक अधिकारीले सरकारको हवाई क्षेत्र विकासको प्रतिवद्धता र राष्ट्रिय हवाई नीति कमजोर भएको कारण हवाई क्षेत्रको विकास हुन नसकेको बताएका हुन् । उनले सरकारले नयाँ हवाई नीति बनाउँदा अहिले हवाई क्षेत्रमा देखिएका नयाँ चुनौति समस्यालाई समेत सम्बोधन हुनेगरी लेख्न आवश्यक रहेको बताए । 

उनले हवाई नीतिमा एउटा पर्यटन क्षेत्रको लागि मात्रै हवाई उडानको विकास हुनुपर्छ भन्ने साघँुरो सोचबाट माथि उठेर नीति बनाउन आवश्यक रहेको बताए ।   पूर्व नागरिक उड्डयन प्राधिकरणका पूर्वप्रमुख वा मन्त्रालयका जानकारले मात्रै नीति बनाएर काम नहुने भन्दै वृहत अर्थ बुझेका विज्ञहरुबाट हवाई नीति बनाउनुपर्ने बताए । 
उनले हाम्रो देश वातावरणीय प्रभावलाई देखाएर विमानस्थलहरु बनाउन नसकिएको तर टर्कीले २५ लाख रुख काटेर विमानस्थल बनाएको बताए । उनले अहिले त्यो विमानस्थलमा ९ करोड हवाई यात्रु उडान गरिरहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप