प्रभु बैंकले सेञ्चुरीलाई एक्वायर गर्यो, पुस मसान्तभित्र एकीकृत कारोबारमा जाने

अन्ततः प्रभु बैंक सेञ्चुरी कमर्सियल बैंकलाई एक्वायर (प्राप्ति) गरेको छ । बुधबार राजधानीमा एक कार्यक्रमबीच दुई बैंकबीच (एक्विजिसन) का लागि अन्तिम सम्झौता भएको हो ।
सम्झौतापत्रमा प्रभु बैंकका संयुक्त प्राप्ति (एक्विजिसन) समितिका संयोजक रमेशसिंह खड़का र सेञ्चुरी कमर्सियल बैंकका संयुक्त एक्विजिसन समितिका सदस्य मनबहादुर राईले हस्ताक्षर गरेका छन्। योसँगै यी दुई बैक अब एक बन्ने भएका छन् । सम्झौताअनुसार प्रभुले सेञ्चुरीलाई १ः१ रेसियोमा प्राप्ति गर्ने भएको हो ।
यी दुवै बैंक एक भएपश्चात पुस मसान्तभित्र एकीकृत कारोबार गर्ने प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले जानकारी दिए । मर्जरमा जानका लागि यी दुवै बैंकले नेपाल राष्ट्र बैंकबाट भदौ २० गते सैद्धान्तिक सहमति प्राप्त गरेका थिए ।]
दुई बैंकबीच गत साउन १५ गते एक आपसमा मर्जरमा जाने सहमति भएको थियो । मर्जरपछि बन्ने बैंक संचालक समितिमा प्रभु बैंकको तर्फबाट ४ जना र सेञ्चुरीको तर्फबाट ३ जना रहनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशमा माओवादी असन्तुष्ट, सरकारमा गएन
-
‘उम्मेदवारको नागरिकताका विषयमा किन चुक्छ आयोग ?’ यसो भन्छन् प्रमुख निर्वाचन आयुक्त थपलिया
-
नेपाल–मलेसिया श्रमिक सहकार्य समझदारी परिमार्जन गर्ने सहमति
-
मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार, को–को बने मन्त्री ? (सूचीसहित)
-
‘नेपाली गर्ल’ को माध्यमबाट ठगीधन्दा, बैंकको खाताको पैसा चोर्ने कार्यमा संलग्न ८ जना पक्राउ
-
भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता अझै हटेन