शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

परम्परा र संस्कृति जोगाई राख्नु हाम्रो दायित्व हो : प्रदेश प्रमुख शर्मा

बिहीबार, २२ मङ्सिर २०७९, ०७ : २७
बिहीबार, २२ मङ्सिर २०७९

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालीहरुको परम्परा, भेषभुषा, चालचलन एवं चाडपर्व र संस्कृतिमा विविधता रहेको उल्लेख गर्दै यही विविधताभित्र दरिलो एकता तथा सामाजिक सहिष्णुता विश्वसामु हाम्रो पहिचान बनेको बताएका छन् ।

बिहीबार मनाइँदै गरिएको किराँत समुदायको महत्वपूर्ण पर्व उधौलीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रमुख शर्माले हामीले गर्वबोध गर्न सक्नुपर्ने भन्दै नेपालमा मनाइने सबै पर्वहरुले नेपालीलाई समेट्ने काम गरेको बताए ।

‘हाम्रा सबै भाषा तथा चाडपर्वहरु राष्ट्रिय हुन् । यस सन्दर्भमा हाम्रो देशका किराँत समुदायहरुले मनाउने उधौली पर्व पनि हाम्रा पर्वहरु मध्येको एउटा महान् चाड हो ।’ उनले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ । उधौली पर्वको हाम्रो जीवनमा विशिष्ट महत्व रहेको सन्दर्भ समेत प्रमुख शर्माको उनको भनाइ छ ।

‘नेपाली जीवनको आधारस्तम्भ कृषि एवं पशुपालनबाट विकसित हुँदै आएको हो । एकातिर पशुहरु लेकाली इलाकाको खर्कबाट गाउँवेशी झरेको र अर्कातिर अन्नबाली भित्राएको खुशीयालीमा मनाइने यो पर्वको हाम्रो जीवनमा विशिष्ट महत्व छ ।’ शुभकामना सन्देशमा भनिएको छ,‘यसलाई हाम्रो गौरवमय परम्परा र उच्च सांस्कृतिक धरोहरका रुपमा जोगाई राख्नु हाम्रो दायित्व पनि हो ।’

प्रमुख शर्माले उधौली पर्वले हामी नेपालीबीच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता अभिवृद्धि  गर्दै राष्ट्रिय एकता सुदृढ गर्न प्रेरित गर्नेछ भन्ने विश्वास समेत व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप