शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अण्डाको सेतो वा पूरै भाग ? कोलेस्ट्रोल भएकाहरुलाई कुन बढी फाइदाजनक ?

बिहीबार, २२ मङ्सिर २०७९, ०८ : २२
बिहीबार, २२ मङ्सिर २०७९

अण्डा स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । अण्डामा पाइने पोषक तत्व शरीरका लागि निकै फाइदाजनक हुन्छ । बिहानको खाजामा उसिनेको अण्डा वा ओमलेट खानु पनि निकै फाइदाजनक मानिन्छ । अण्डामा पाइने प्रोटिन र अन्य पोषक तत्वले शरीरलाई स्वस्थ बनाउन धेरै नै मद्दत पुर्याउँछ । तर अण्डा खाँदा कोलेस्ट्रोल बढ्छ र यसले मुटु सम्बन्धी रोगको जोखिम बढ्न सक्छ भन्ने धेरैको विश्वास छ । तर त्यस्तो पटक्कै होइन । मानिसहरु प्रायः यो प्रश्न सोध्छन् कि कोलेस्ट्रोलको समस्यामा अण्डाको सेतो भाग खाने कि पुरै अण्डा खाने ? यस लेखमा हामी तपाईंलाई उच्च कोलेस्ट्रोलको समस्यामा अण्डाको सेतो भाग खाने कि पुरै अण्डा खाने भन्नेबारे जानकारी दिँदै छौँ ।

उच्च कोलेस्ट्रोलमा अण्डाको सेतो भाग वा पूरै अण्डा खाने ?

उच्च कोलेस्ट्रोलको समस्यामा मानिसहरु प्रायः अण्डा खाने कुरामा अलमलमा पर्छन् । यो समस्यामा धेरैले अण्डाको सेतो भाग मात्र खानुपर्छ भन्ने विश्वास गर्छन् भने कतिपयले पुरै अण्डा खाँदा पनि कोलेस्ट्रोल बढ्दैन भन्ने विश्वास गर्छन् । अण्डामा राम्रो कोलेस्ट्रोल हुन्छ र यसको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ भन्ने धेरै अनुसन्धान र अध्ययनमा भनिएको छ । अण्डाको पहेँलो भागमा कोलेस्ट्रोलको मात्रा बढी हुन्छ । यसमा पाइने एचडीएल कोलेस्ट्रोल शरीरका लागि निकै उपयोगी हुन्छ । यसबाहेक अण्डामा पाइने भिटामिन बी, भिटामिन ए, आइरन, प्रोटिन, हेल्दी फ्याट, क्याल्सियम आदि पनि शरीरका लागि निकै फाइदाजनक हुन्छ ।

उच्च कोलेस्ट्रोलको समस्यामा अण्डा कसरी खाने ?

उच्च कोलेस्ट्रोल भएका बिरामीका लागि पनि अण्डाको सेवन निकै फाइदाजनक हुन्छ । यस्तो समस्यामा अण्डा खाँदा केही कुरामा ध्यान दिनुपर्छ । अण्डामा पाइने गुण र पोषक तत्वको पूर्ण लाभ लिनको लागि तपाईंले यसको सेवन गर्दा केही कुरालाई ध्यानमा राख्नुपर्छ । यदि तपाई उच्च कोलेस्ट्रोलको समस्याबाट ग्रसित हुनुहुन्छ भने तेल वा बटरमा भुटेको अण्डा नखानुहोस् । उच्च कोलेस्ट्रोलका बिरामीले उसिनेको अण्डा खान सक्छन् । २ वा ३ भन्दा बढी अण्डा खानुहुन्छ भने पहेँलो भाग निकालेर खानुहोस् ।

यदि तपाईंले यसको सेवन गर्दा माथि उल्लेखित कुराहरूमा ध्यान दिनुभयो भने उच्च कोलेस्ट्रोलको समस्यामा अण्डाको सेवन धेरै लाभदायक हुन्छ । दिनमा धेरै अण्डा खानुको सट्टा नियमित रूपमा २ वा ३ अण्डा खाँदा फाइदा हुन्छ । उच्च कोलेस्ट्रोलका बिरामीका लागि दिनमा ३ देखि ४ वटा अण्डा खानु फाइदाजनक हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप