शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सरकार तथा समानुपातिककाे विषय टुङ्गो लगाउन जनमत पार्टीको बैठक बस्दै

बिहीबार, २२ मङ्सिर २०७९, ०९ : ५६
बिहीबार, २२ मङ्सिर २०७९

जनमत पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । कोटेश्वरस्थित तपोवन होटलमा सो बैठक बोलाएको जनमत पार्टीले जनाएको छ । समानुपातिक उम्मेदवारको टुङ्गो लगाउनेदेखि सरकारमा सहभागी, संगठन निर्माणलगायतका विषयमा छलफल हुने बताइएको छ ।

जनमत पार्टीले प्रतिनिधि सभातर्फ समानुपातिकमा पाँच सिट पाएको छ । त्यसको बारेमा टुङ्गो लगाउन केन्द्रीय समितिको निर्णय हुनुपर्ने भएको हुनाले बैठक बोलाएको बताइएको छ । संघमा जनमत पार्टीले तीनजना महिला र दुई जना पुरुष पठाउन पाउनेछ । 

जनमत पार्टीले सत्ता गठबन्धनलाई सरकार निर्माणका लागि सहयोग गर्ने प्रतिवद्धता जनाइएको छ । तर जनता पार्टीले सशर्त सहयोग गर्ने भएको छ । ती शर्तहरु के के हुन् त्यसको बारे पनि केन्द्रीय समितिको बैठकमा छलफल हुने बताइएको छ । जसपाका अध्यक्ष डा.सिके राउतले पनि सरकार निर्माणका लागि सरकारलाई सहयोग गर्ने सहमत भएको तर अन्य कुराहरु टुग्यांउन बाँकी रहेको भन्दै आएका छन् । ती विषयमा पनि आजको बैठकमा छलफल हुने जनमत पार्टीका एक नेताले बताए ।

यो चुनावमा जनमत पार्टीलाई सहयोग गरेका मतदातालगायत सम्पूर्ण सरोकारवालालाई धन्यवाद पनि दिइने छ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप