विहीबार, १९ माघ २०७९
ताजा लोकप्रिय

गुजरातमा भाजपाको एकतर्फी अग्रता, समर्थकद्वारा खुसीयाली मनाउन सुरु

विहीबार, २२ मंसिर २०७९, १० : २४
विहीबार, २२ मंसिर २०७९

लामो चुनावी अभियान र दुई चरणको मतदानपछि अब नतिजा आउने बेला आएको छ । गुजरात विधानसभा चुनावको मतगणना जारी छ। दिउँसोसम्म तस्बिर स्पष्ट हुन सक्छ।

गुजरातको कुल १८२ विधानसभा सीटहरूको लागि डिसेम्बर १ र डिसेम्बर ५ मा दुई चरणहरूमा मतदान भएको थियो। सरकार बनाउन कुनै पनि दलले कम्तीमा ९२ सिट जित्नुपर्ने हुन्छ । भारतीय जनता पार्टी गुजरातमा विगत २७ वर्षदेखि सत्तामा छ र फेरि एकपटक भाजपाको सरकार बन्ने सम्भावना छ ।

गुजरात विधानसभाको १८२ सिटका लागि मतगणना जारी छ। भाजपा एकतर्फी अग्रताका साथ १ सय ४५ सिटमा अगाडि छ । कांग्रेस २५ र आम आदमी पार्टी ८ सिटमा अगाडि छ । यहाँ ४ सिट स्वतन्त्र र अन्य उम्मेदवारको खातामा गएको देखिन्छ । आज बिहान ८ बजेदेखि आधा घण्टा अगाडि हुलाक मतपत्रको गणना गरेपछि गुजरातमा इभीएम बाट मतगणना सुरु भएको छ ।

भाजपाकी रिवाबाले जामनगरबाट फेरि अग्रता लिएकी छिन् । त्यस्तै अहमदाबादबाट सीएम भूपेन्द्र पटेल अग्रतामा छन् । बीजेपीका हार्दिक पटेलले पनि दोस्रो राउण्डपछि विरमगामबाट अग्रता लिएका छन्। उनी पहिलो राउण्डमा पछि परेका थिए । आम आदमी पार्टीका मुख्यमन्त्री उम्मेदवार इशुदान गढवी पनि अगाडि छन् । भाजपाको अग्रता देखेर पार्टीका समर्थकहरूले उत्सव मनाउन थालेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

एजेन्सी
एजेन्सी
लेखकबाट थप