शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

समानुपातिक सांसद छान्न एमालेले बोलायो बैठक

बिहीबार, २२ मङ्सिर २०७९, ११ : १०
बिहीबार, २२ मङ्सिर २०७९

नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । निर्वाचन आयोगले समानुपातिक सांसदका लागि राजनीतिक दलहरुलाई पत्र पठाएसँगै एमालेले सचिवालय बैठक बोलाएर समानुपातिक सांसदको निर्णय गर्न लागेको हो । एमालेले समानुपातिकतर्फ पाएको मतका आधारमा ३४ सांसद निर्वाचित हुनेछन् । 

बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाएको उपमहासचिव समेत रहेका प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । निर्वाचन आयोगले ३ दिनको समय दिएर बन्दसूचीमा रहेका नामहरू मध्येबाट क्लस्टर मिलाएर पार्टीले प्राप्त गरेको सिटमा नाम पठाउन बुधबार बेलुका पत्र पठाएको हो ।

आयोगको पत्रअनुसार समानुपातिक सूचीमा राखेका ११० नाम मध्येबाट ५ क्लस्टरमा नामहरू छुट्याएर पार्टीको निर्णयसहित निर्वाचन आयोगलाई पठाउनुपर्नेछ । त्यसका आधारमा आयोगले समानुपातिक सांसद निर्वाचित भएको घोषणा गर्नेछ । समानुपातिकमा छानिने ३४ जनामध्ये एमालेले बन्दसूचीमा रहेकाबाट १९ जना महिला पठाउनुपर्ने छ । बाँकी पुरुष पर्नसक्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप