बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
विहीबार, २२ मंसिर २०७९, ११ : ५३
दोलखाबाट बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । दोलखा नगरपालिका ३ चरिकोटबाट सोही ठाउँका स्थानीय ७० वर्षीय जनक बहादुर कार्की पक्राउ परेका प्रहरीले जनाएको छ ।
उच्च अदालत पाटनको २०७६ पुस २७ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ४१ लाख रुपैयाँ जरिवाना र ७ दिन कैद सजाय ठहर भई फरार रहेका कार्कीलाई ई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
कार्कीले २०७५ चैत १९ गते प्रभु बैंकमा रहेको आफ्नो खातामा पर्याप्त रकम नभएको भन्ने जानाजान जाहेरवालालाई झुक्याई दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उनीमाथि उक्त फैसला गरेको थियो ।
कार्कीलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत दोलखामा पेस गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय दोलखामा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारले संसद् बैठकको दीर्घामा बसेर रिपोर्टिङ गर्न पाउने नियम बन्दै
-
माओवादी केन्द्र सजिलै पुनर्निर्माण हुँदैन : प्रचण्ड
-
माओवादी केन्द्र र माओवादी समाजवादीबीच पार्टी एकता हुने
-
राष्ट्रपतिमा सबैलाई मान्य हुने पात्रको खोजी गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड
-
साफ यू–२० फाइनल : नेपालविरुद्ध बंगलादेशलाई पहिलो हाफमा २–० गोलको अग्रता
-
विश्वासको मत नपाएपछि मुख्यमन्त्री रावलले बुझाए राजीनामा